top_rightads

Sunday, October 19, 2014

करिना र सैफमाथि मुद्धा पर्‍यो

 

saif karinaबलिउडका जोडी करिना कपुर र सैफ अली खान समस्यामा परेका छन् । विवाहको दोश्रो वर्षगाँठ मनाउँदा गरेको पार्टी कारण उनीहरु समस्यामा परेका हुन् । उनीहरुले विवाहको एनिभर्सरी पार्टीमा लाउडस्पिकर प्रयोग गरेको भन्दै उनीहरुमाथि निर्वाचन आयोगले उजुरी हालेको हो । चुनाव चलिरहेको समयमा लाउडस्पिकर प्रयोग गर्दा अनुमति लिनु पर्नेमा उनीहरुले अनुमती नलिइ गरेका कारण उजुरी परेको हो ।   चुनावी आचार संहिता पालना नगरेको भन्दै saif karina 1उनीहरुलाई मुद्धा परेको हो । उनीहरुले यसको जवाफ समेत दिनु पर्ने भएको छ । हालै मात्र आफ्नो विवाहको दोश्रो वर्षगाँठ करिना र सैफले पटौदीस्थित इब्राहिम प्यालेसमा मनाएका थिए । यो पार्टीमा आतसवाजी र लाउडस्पिकर प्रयोग भएपछि उनीहरुलाई मुद्धा परेको हो । - See more at: http://nepaliheadlines.com/2014-10-19-10-18-06.html#sthash.6fTBv9Zi.dpuf

No comments:
Write comments