top_rightads

Wednesday, October 15, 2014

लाईबेरियाशान्ति मिसनमा गएका इबोलाग्रस्त क्षेत्रबाट १३० जना सशस्त्र प्रहरी नेपाल आउँदै

 


काठमाडौं, असोज २९ – शान्ति मिसनमा गएका १३० जना सशस्त्र प्रहरी आज इबोलाग्रस्त क्षेत्र लाइबेरीयाबाट नेपाल आउने भएका छन् । उनीहरुलाई सशस्त्र प्रहरीले इबोला भए नभएको विषयमा अनुसन्धानको लागि २ हप्तासम्म राजधानीबाहिर ककनी तालिम केन्द्रमा चिकित्सकहरुको टोलीको निगरानीमा राख्ने जनाइएको छ ।   सशस्त्र प्रहरी प्रवक्ता सिङ्गबहादुर श्रेष्ठका अनुसार उनीहरुलाई चिकित्सकको टोलीले ईबोला भाइरस नभएको प्रमाणीत भएपछि मात्रै आफन्त भेटघाट तथा अन्य प्रहरी कर्मचारी सरह खटाइने जानकारी दिए । विगतमा मिसनबाट आएका सशस्त्र प्रहरीलाई सिधै सशस्त्र प्रहरी हेडक्वाटरमा प्रस्थान गराइने गरिएको थियो । तर, यसपटक भने लाईबेरिया इबोला संकटग्रस्त क्षेत्र घोषणा भएपछि सो ठाउँबाट आउन लागेका टोलीलाई ककनीमा चिकित्सकको निगरानीमा राख्न लागिएको हो ।   यूएनको फ्लाईटमा आउन लागेको सो टोलीलाई सशस्त्रको भ्यानबाट एयरपोर्टबाट सिधै ककनी लगिनेछ । आज भन्दा ६ महिना अघि लाईबेरिया शान्ती मिसनमा गएका उनीहरु आज आउन लागेका हुन् । प्रहरी अधिकारीका अनुसार उनीहरुलाई ईबोला भए नभएको विषयमा डक्टरको टोलीले विगतदेखि नै विशेष निगरानीमा राखेका थिए । इबोलाग्रस्त क्षेत्र घोषणा भएपछि सशस्त्र हेडक्वाटरले पनि विशेष निगरानी र जानकारी लिँदै आएको प्रबक्ता श्रेष्ठ बताउँछन् ।   इबोलाग्रस्त क्षेत्रमा किन जान्छ नेपाली सरक्षा निकाय ? संयुक्त राष्ट्रसंघले नेपाली सुरक्षा निकायलाई जस्तो सुकै खतरा मोल्न सक्ने सुरक्षा निकायको रुपमा सुचीमा राखेको छ । ‘सुरक्षा निकाय भन्ने वित्तिकै सुरक्षा दिने नै हो । जहाँ सकट हुन्छ त्यहाँ सुरक्षा निकायको भूमिका हुन्छ । संकट छ भन्दैमा नजाने हुँदैन,’ श्रेष्ठ भन्छन् । इबोलाग्रस्त क्षेत्रमा अहिले पनि सुरक्षा निकाय मिसनमा छन् । सशस्त्र प्रहरीले हालै मात्र ४४० जना प्रहरी टोली मिसन पठायो । इबोलाग्रस्त क्षेत्रमा टोली पठाउने वा नपठाउने भन्ने बारेमा बहस नभएको भने होइन । कसरी जाने भन्ने विषयमा गंभिर बहस भएपश्चात मात्रै पठाइएको श्रेष्ठको भनाइ छ । मिसन पठाइएको मध्ये १८० जनालाई सुडानमा खटाएको छ भने, २६० जना त लाइबेरियामा नै खटाइएको छ । हाल उनीहरु १४० जनालाई लाईबेरियाको टुमेनवर्ग भन्ने ठाउँमा खटाएको छ, त्यस्तै गरि १२० जनालाई मतरुवियामा खटाइएको छ । प्रबक्ता श्रेष्ठका अनुसार उनीहरुलाई इबोला भाइरस र यसबाट सुरक्षित हुने उपायका विषयमा प्रशिक्षित गरेर मिसिनमा पठाइएको छ ।

No comments:
Write comments