Wednesday, November 26, 2014
प्रधानमन्त्रीको निकटतम मृदुलालाई ५८ हजारको साडी : भब्यताको प्रदर्शन
मंसिर १०, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाको छबि स्वस्च्छ, मितब्ययी र अत्यन्त साधारण रहेको मान्नेहरु नेपाली समाजमा अझै छन् । कोइरालाको भान्साबाट १२ लाख हराएको घटनाबारे कमैलाई जानकारी भए पनि सम्पत्तिको नाममा तीन वटा फोन सेट मात्र भएको जानकारी धेरैलाई थाहा छ ।
प्रधानमन्त्री कोइरालालाई मितब्ययी र शालिन मान्ने हो भने उनको परिवारका मानिस कतिसम्म भड्किला छन् भन्ने कुरा एउटा दृष्टान्त हालैमात्र फेला परेको छ । यतिबेला मृदुला कोइरालालाई सुशील कोइरालाको सर्वाधिक निकटतम र अत्यन्तै निटकतम महिलाका रुपमा लिइन्छ ।
प्रधानमन्त्रीको किचन क्याबिनेटकी महत्वपूर्ण सदस्य मृदुलाले सार्क सम्मेलनलाई भब्य र सफल बनाउन के कस्ता योगदान दिइरहेकी छन्, त्यसको जनकारी हुन सकेको छैन । तर, सम्मेलनका क्रममा मृदुलाले नेपालकै सवै भन्दा महंगो साडी लगाएर भब्यता प्रदर्शन गर्ने इच्छा राखिन् र दरबारमार्गदेखि भाटभटेनी हुँदै नयाँ सडकसम्मका महंगा साडी पसलहरु चहारिन् ।
एकदेखि डेढलाख सम्मको साडी खरिद गर्ने सोंच र तयारीका साथ बजार चहार्न पुगेकी मृदुलाले एक लाख पर्ने साडी कहिं पनि पाउन सकिनन् र अन्त्यमा बाध्य भएर टंगालस्थित भाटभटेनीको ठिक अगाडिको एउटा पसलबाट ५८ हजार रुपैंयाँ पर्ने साडी खरिद गरिन् । सार्कमा भब्य देखिन लगाइने उक्त साडीले प्रधानमन्त्री सुशील कोइरालाको ‘साख’ कति बढाउने हो प्रतिक्षाको विषय बनेको छ । घटना र विचार साप्ताहिकबाट साभार गरिएको । एजेन्सी
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments