top_rightads

Sunday, November 23, 2014

चीनले विवादित रहेको समुद्रमा टापु बनाएपछी विश्व थर्कमान

 



चीनले विवादमा रहेको समुद्रमा टापु बनाएको तस्वीर सार्वजनिक भएपछि विश्वको ध्यान त्यतातर्फ सोझिएको छ । भू–उपग्रहले लिएको तस्वीरमा देखिएअनुसार चीनले दक्षिणी चीन सागरमा रहेको ‘स्पार्ट्ली आइसल्याण्ड’मा हवाई मार्ग बनाइरहेको देखिएको छ ।

खनिजले भरिपूर्ण रहेको ‘स्पार्ट्ली आइसल्याण्ड’ लाई ताईवान, मलेसिया, भियतनाम र ब्रुनाईले आफ्नो दाबी गरिरहेका छन् ।यसरी विभिन्न देशले दाबी गरिरहेको क्षेत्रमा चीनले २ माइल लम्बाइ र ३ सय मीटर चौडाई रहेको रनवे बनाइरहेको तस्वीरमा प्रष्ट देख्न सकिन्छ ।

समाचारअनुसार चीनका एअरफोर्स कर्नेल जिन जिरुईले रनवे बनाएको पुष्टि नगरे पनि रणनीतिक सुरक्षाको दृष्टिकोणले प्रतिष्ठान बनाइरहेको बताएका छन् ।यस क्षेत्रमा चीनले एक – डेढ सालको बीचमा ४ – ५ वटा परियोजना बनाइसकेको छ ।समुद्रको केहि भाग उठाएर चीनले टापु बनाइरहेकाले यस क्षेत्रमा तनाव सिर्जना भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
एजेन्सी ।

No comments:
Write comments