काठमाडौं, मंसिर ९ । नेपाल र भारतबीच ९ मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि विद्युत विकास सम्झौता भएको छ ।
सिंहदरबारमा मंगलबार आयोजित समारोहमा प्रधानमन्त्री सुशील कोइराला र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा नेपालको लगानी बोर्ड र भारतीय कम्पनी सतलजका अधिकारीहरुले पीडीएमा हस्ताक्षर गरेका हुन् ।
१ खर्ब रुपैयाँभन्दा बढी लगानी हुने अरुण तेस्रोबाट नेपालले २१ दशमलव ९ प्रतिशत निःशुल्क बिजुली पाउने छ । बाँकी बिजुली भने भारत लगिने छ । आयोजना क्षेत्रका बासिन्दाले ६ प्रतिशत शेयर पाउने छन् भने २५ वर्षपछि आयोजना नेपाललाई हस्तान्तरण गर्नुपर्ने छ ।
सो अवधिमा नेपालले निशुल्क बिजुलीमार्फत् १ सय ५५ अर्ब रुपयाँ, राजश्ववापत १ सय ७ अर्ब, आयकरवापत ७७ अर्ब र भ्याटवापत ९ अर्ब गरी ३ सय ४८ अर्ब रुपैयाँ पाउने अनुमान गरिएको छ । आयोजना निर्माण गर्ने कम्पनी सतलज भारतको सरकारी कम्पनी हो ।
यसअघि नेपाल र भारतको निजी कम्पनी जीएमआरबीच ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली अयोजना निर्माणका लागि पीडीए सम्झौता भएको थियो । एजेन्सी
No comments:
Write comments