सलमान खानकी बहिनी अर्पिताको विवाहले सिंगो बलिउडमा धमाका मच्चाएको छ ।हैदरवादको फलकनुमा पार्टी प्यालेसमा भएको विवाहमा बलिउडका चर्चित कलाकारहरुका साथै उच्च घरानाको सहभागीता थियो । उनको रिशेप्सन पार्टीमा नपुगेकाहरुले मुम्बईस्थित घरमा भएको पार्टीमा सहभागीता जनाए ।
सलमानसँगको ७ वर्षदेखिको मनमुटावलाई भुलेर शाहरुख खान पनि अर्पिताको विवाहमा गएर जमेर नाचेका थिए । कट्रिना कैफ, आमिर खान र प्रियंका चोपडा विवाहमा खुब नाचे तर उनीहरुको फोटो कमैले मात्र देख्न पाए ।यो अवसरमा नायक रितक रोशन भने छुटेका थिए । तर अहिले उनले नाचेको तस्वीर सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त तस्वीरमा रितिकसँग अर्पिता नाचिरहेको देखिन्छ । एजेन्सी ।
No comments:
Write comments