अघिल्लो वर्ष दक्षिण कोरियाली पपस्टार साइको गीत गंगनम स्टाइलले धमाका मच्चायो । यो पाला भने एकजना चिनियाँ गायिकाको गीत नयाँ गंगनम स्टाइन बन्ने दिशामा अघि बढेको छ ।
चिनियाँ पपस्टार रोंग रोलिन वांगको ‘चिक चिक’ बोलको कुखुरे गीतको भिडियो यु ट्युबमा भाइरल बनेको छ । अक्टोबर २२ मा यु ट्युबमा अपलोड भएको यो भिडियो अहिलेसम्म झण्डै १ करोडले हेरिसकेका छन् ।
अमेरिकी पप गायिका लेडी गागा, जोर्क तथा कटी पेरीका स्टाइललाई एउटै प्याकेजमा प्रस्तुत गरेर रोंगले तयार पारेको यो गीतमा भाले बासेको धुन मात्र होइन नर्तकीहरुको पोज पनि गज्जब छ ।
एजेन्सी
No comments:
Write comments