top_rightads

Saturday, November 29, 2014

बलिउड नायिका श्रुती हसन चलचित्र छायांकनका लागि नेपालमा

 

बलिउडकी नायिका श्रुती हसन चलचित्र ‘यारा’को छायांकनका लागि नेपाल आइपुगेकी छिन् । उनी सहित ६२ जनाको टिम नेपाल आएको हो । शुक्रबार नेपाल आएको यो टोलीले आइतबारदेखि छायांकन सुरु गर्नेछ ।
पाटन दरबार, नगरकोट लगायतका क्षेत्रमा चलचित्रको छायांकन हुनेछ ।

चलचित्रमा श्रुती हसनका साथमा इरफान खान, विद्युत लगायतका कलाकारको अभिनय छ । चलचित्रको निर्देशन दिकपाल सुतलियाले गरिरहेका छन् । दिकपालले यसअघि पान सिंह तुमार र बुलेट राजा जस्ता चलचित्रको निर्देशन गरेका थिए । चलचित्रमा महिपाल सिंह राठोरको लगानी छ ।



नेपालमा यो चलचित्रको छायांकन ४ दिन हुने नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले जानकारी दिएका छन् ।नेपालका तर्फबाट अध्यक्ष केसी, प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिना, केशव घिमिरे, प्रकाश महराको साथमा अन्य प्राविधिकहरुको टोलीले काम गरिरहेको छ । भारतबाट आएको टोली काठमाण्डौको पाँच तारे होटल र्याडिसनमा बसेका छन् । नेपाल चलचित्र प्राविधिक संघले छायांकनको व्यवस्थापन गरिरहेको छ ।

No comments:
Write comments