बलिउडका महानायक अभिताभ ७१ वर्षको उमेरमा पनि अझै सक्रिय छन् । अहिले पनि उनको माग कुनै नयाँ
अभिनेताको भन्दा कम छैन । अभिनय देखि एंकरिङ र विज्ञापनमा अहिले पनि अमिताभ छाइरहेका छन् ।
उनको उचाइमा पुग्न बलिउडमा अव कुनै पनि ब्यक्तिलाई सहज नहुने विश्लेषकहरुको भनाइ छ ।
कुनै समयमा कोलकातामा ५ सय को जागिर गर्ने अमिताभ अहिले अरवौं रुपैयाँको मालिक छन् । अमिताभ बलिउडमा एक मात्र त्यस्ता कलाकार हुन् जस्का मुम्बइमा मात्र ५ वटा बंगला छन् । ती बंगलाको मूल्य ३०० करोड भन्दा बढी पर्छ ।
अमिताभले हालै मात्र ६० करोडमा नयाँ बंगला किनेका छन् जहाँ उनकी नातिनी आराध्यालाई खेल्नका लागि प्राकृतिक वातावरणमा तयारी गरिँदै छ । यहाँ हामीले तिनै बलिउडका माहाराजा अमिताभ बच्चनले चढ्ने विलाशी कारको चर्चा गरेका छौं ।
बिग बीको साथमा ११ बटा चर्चित ब्राण्डका कार छन् । जसमा रोलेक्स, लेक्सस, रोल्स रोयल फैन्टम, बीएम डब्ल्यू, मर्सडीज लगायतका ब्राण्ड छन् । बिगबीलाई सेतो रंगका कार चढ्न मन पर्छ । उनलाई सेतो रंगको रोल्स रोयल फ्यान्टम गाड़ी प्रोड्यूसर विधु विनोद चोपड़ाले फिल्म 'एकलव्य' मा गरेको अभिनयको प्रशंसा गर्दै उपहार दिएका थिए ।
यसको मूल्य भारु साढे ४ करोड पर्छ । बिग बीले २ नम्बरलाई आफ्नो लक्की नम्बर मान्छन् त्यसैले उनका सबै कार २ नम्बरका छन् । एजेन्सी
Thursday, November 20, 2014
महानायक अभिताभ बच्चन चड्ने कार एस्तो (फोटोफिचर )
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments