top_rightads

Thursday, November 20, 2014

२०७१ सालको एसएलसीको परीक्षा तालिका सार्वजनिक

 



काठमाडौँ, ४ मङ्सिर, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको एसएलसी परीक्षाको परीक्षा तालिका (रुटिङ) सार्वजनिक गरेको छ । आगामि चैत्र ५ गतेदेखि संचालन हुनेगरी आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।  आज बसेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा बोर्डको बैठकले निर्णय गरे अनुसार चैत्र ५ गतेदेखि १३ गतेसम्म लिखित परीक्षा संचालन हुने र १६ गतेसम्म प्रयोगात्मक परीक्षा संचालन हुने जनाइएको छ । परीक्षा कार्यक्रमको तालिका यस्तो छः

 चैत्र ५ः अनिवार्य अङ्ग्रेजी

 चैत्र ६ः अनिवार्य नेपाली

चैत्र ८ः अनिवार्य गणित

चैत्र ९ः अनिवार्य विज्ञान

चैत्र १०ः अनिवार्य सामाजिक

 चैत्र ११ः स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा

 चैत्र १२ः ऐच्छिक प्रथप पत्र चैत्र १३ः ऐच्छिक दोस्रो पत्र

No comments:
Write comments