आईतवार 16 कार्तिक, 2071
काठमाडौं, कार्तिक १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमा जम्मा गरिएको कालो धनको पाई पाई फिर्ता ल्याउने आश्वासन दिएका छन् । आकाशवाणी मार्फत् देशवासीका नाममा सम्बोधन गर्दै उनले देशको सम्पत्ति विदेशमा थुपार्नेलाई कार्वाही गरेरै छाड्ने दावी गरे ।
देशको कति पैसा बाहिर छ भन्ने प्रष्ट नभएको भन्दै मोदीले तर, गरीब जनताको जति पैसा बाहिर गएको छ, त्यसको पाई पाई फिर्ता ल्याउने बचन दिए । ‘मन की वात’ नामक कार्यक्रमका क्रममा उनले काला धन फिर्ता, सफाई अभियानलगायतका सरकारी अभियानमा सघाउन देशवासीलाई आह्वान गरे ।
imagekhabar.com
No comments:
Write comments