top_rightads

Showing posts with label feature. Show all posts
Showing posts with label feature. Show all posts

Thursday, December 11, 2014

यस्ता छन् तोरीको सागका ५ फाईदा

 
तोरीको सागमा पाइने भिटामिन, मिनिरल, फाइबर र प्रोटीन निक्कै लाभदायक हुने विज्ञहरु बताउँछन् । १०० ग्राम तोरीको सागमा २७ क्यालोरी, शून्य दशमलव ४ ग्राम चिल्लो, ३५८ मिलिग्राम पोटाशियम, ४ दशमलव ७ ग्राम कार्वोहाइड्रेट, २ दशमलव २ ग्राम फाइवर, १ दशमलव ३ ग्राम सुगर, विटामिन ए, सी, डी, बी १२, म्याग्नीशियम, आइरन र क्याल्शियम जस्ता तत्व हुन्छ ।

जाडोमा तोरीको साग सेवन गर्दा हुने फाइदाः
तोरीको सागमा एन्टीअक्सीडेन्ट्स भरपूर मात्रामा हुन्छ । यसले शरीरमा रहेका विकार विसर्जनमा मुख्य भूमिका खेल्छ । र रोगसँग लड्ने क्षमता बढाउँछ । त्यतिमात्र होइन तोरीको साग सेवन गर्दा मुत्रनली, पेट, छाती, फोक्सो, प्रोस्टेट र पाठेघरको क्यान्सरबाट समेत तोरीको सागले बचाउँछ ।



१ मुटुका लागि राम्रो
तोरीको सागले शरीरमा नकारात्मक कोलेष्ट्रोल नियन्त्रण गर्छ र फोलेटको निर्माण बढाउँछ । यसले कार्डियोभास्कुलर रोगको सम्भावना समेत घटाउँछ ।

२ पेट सफा बनाउँछ
तोरीको साग फाइबरको मात्रा बढाउँछ जुन पाचनको लागि निक्कै राम्रो मानिन्छ । यसको सेवनले पाचन प्रणली स्वस्थ रहन्छ ।

३ कम क्यालोरी बढी फाइवर
तोरीको सागमा क्यालोरी कम र फाइबर बढी हुने हुँदा यसले शरीरको पाचन प्रणाली मात्र राम्रो राख्दैन । मोटोपन पनि नियन्त्रण गर्छ । मोटोपनको शिकार भएकाहरुलाई समेत तोरीको साग लाभदायक छ ।

४ हाडलाई बलियो बनाउँछ
तोरीको सागमा क्याल्सियमको मात्र बढी हुन्छ । यसले पोटाशियमको मात्रा पनि बढी दिन्छ । हड्डी बलियो बनाउन चाहिने यी तत्व तोरीको सागमा पाहिन्छ । हाडको समस्या हुनेलाई समेत तोरीको साग राम्रो मानिन्छ ।

५ आँखा तेज बनाउँछ
आँखाको लागि सागपात सबै भन्दा राम्रो चिज हो । तोरीको सागले आँखाको तेज बढाउँछ र आँखाका मांसपेसी समेत मजबुत राख्छ । स्रोत नेपाली हेडलाइनस्

Wednesday, December 10, 2014

सपना देखेपछि उत्खनन् गर्दा भगवानका आकृतिका शिला भेटियो

इलाम, मंसीर २५ – पूर्वी इलामको श्रीअन्तु–६ स्थित सिद्धिखोला छेउमा विभिन्न भगवान्का आकृति भएका शिला फेला परेका छन् । सोही स्थानका नरेन्द्र राईले सो स्थानमा देवीदेवता सपनामा देखेपछि उक्त ठाउँमा गएर उत्खनन गर्ने क्रममा भगवान्का आकृति भएका शिला भेटिएको राईले बताए ।

ती शिलाको राईले नामकरणसमेत गरेका छन् । हातको चित्र भएको शिलालाई बुद्धको दाहिने हात, सुदर्शन चक्र, आँखाको चित्र भएको शिलालाई सेतीदेवीको आँखा, किराँतेश्वर महादेव र कान्छी पाथीभराको नामकरण गरिएको छ ।



एक साताअघि फेला परेका ती शिलाहरू हेर्न तथा पूजा गर्न आउने भक्तजनको घुइँचो लाग्न थालेको छ । शिला फेला परेपछि स्थानीयले शनिबार र मङ्गलबार पूजाआजा गर्न थालेका छन् । पैतलाको समेत आकृति भएको शिला भेटिएपछि त्यसलाई विष्णुनारायण भगवान्को पैतला भनेर नामकरण गरिएको छ

। उक्त स्थानमा सिद्धेश्वर महादेवले तपस्या गरेको स्थानसमेत रहेको किंवदन्ती छ । प्राकृतिक रूपमा विचित्रको देखिने उक्त स्थानलाई संरक्षण गर्न देवेन्द्र शर्माको अध्यक्षतामा देवालय संरक्षण समिति गठन गरिएको छ ।

योवर्ष पनि लगन नजुरेका नायिकाहरु..

खासमा यो महिनालाई बिहेको मौसमका रुपमा बुझिन्छ । मंसिर सकिनै लागेको छ । उमेर पुगेर पनि अविवाहित रहेका नायिकाहरुको च्यानाकुटी च्यानाकुटी झ्याइँ यसपालि देख्न नपाइने लगभग पक्का भएको छ ।

हुन त बिहे गर्न मंसिरै कुर्नुपर्छ भन्ने छैन । मन,परिस्थिती मिले जति नै उमेर घर्किए पनि जुनसुकै महिनामा पनि बिहे हुन्छ । आधा शताब्दी उमेर खाएपछि राजेश हमालले गत जेठमा बिहे गरे ।

बैशाखमा आर्यन सिग्देलले सपना भण्डारीको सिउँदो रंगाए । हमालकै उमेर हाराहारीमा मिथिला शर्माले गत असारमा पूर्वप्रहरी प्रमुख मोतीलाल बोहोराको सिन्दुरले सिउँदो रंगाइन् ।

अविवाहित हिरोइनहरु पनि अचेल अभिनेता हमाल र अभिनेत्री शर्माको उमेर बिहेको कुरा गरेर आफ्नो बिहेबारे पन्छन खोज्छन् ।

sushma-karki-two-piece



‘बिहे गर्न केको हतार ?’ नायिका नन्दिता केसी भन्छिन्,‘हमाल दाइ,मिथिला दिदीले त हतार गर्नुभएन । म त सानै छु ।’

नन्दिता बलिउड सुपरस्टार शाहरुख खानझैं बेहुलोको पर्खाइमा छिन् रे । ‘मेरो सपनाको राजकुमार शाहरुखजस्तो हुनुपर्छ’ नन्दिता भन्छिन्,‘तर मैले अहिलेसम्म मेरो सपनाको राजकुमार भेटेको छैन । त्यही भएर त बिहे नगरेकी ।’



नायिका सुष्मा कार्की पनि अविवाहित छिन् । पहिला लामो समय सुदर्शन थापाको प्रेममा रहेकी उनी ब्रेकअपपछि नरेन शाहीको प्रेममा परिन् । कुरा बिहेसम्म पुग्दा नपुग्दै नरेनसँग उनको ब्रेकअप भयो ।

हाल सिंगल रहेकी सुष्माले बिहेबारे सोचेकी छैनन् रे । ‘खै कहिले गर्छु बिहे,थाह छैन’,उनी भन्छिन्,‘लगन आएपछि आफैं हुन्छ । किन आत्तिनु ?’




अविवाहित नायिकामा पर्छिन् नीता ढुंगाना । तर उनले आफू र नवअभिनेता अमेश भण्डारी गहिरो प्रेममा रहेको सार्वजनिक गरिसकेकी छन् ।

बिहे भने अर्को वर्ष धुमधामसँग गर्ने रे । अनु शाह पनि अविवाहित छिन् । घरबाट बिहे गर्न दबाब आउने गरेको भए पनि आफूले खोजेकोजस्तो जीवनसाथी नभेटाएकाले सिंगल रहेको दाबी उनको छ ।

गरिमा पन्त भने बिहेभन्दा करिअरमा केन्द्रीत भएको बताउँछिन् । नेपालि हेडलाईन बाट साभार

क्याम्पसका मोटरसाइकल हुने विद्यार्थी सावधान ! बिहानै २० ओटा मोटरसाइकल नियन्त्रणमा

काठमाडौं, मंसिर २५ । युवा–युवतीले चलाएको मोटरसाइकल दुर्घटना हुनेक्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलले त्यसको रोकथाम गर्ने काम थालेको छ । सोक्रममा क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरी मोटरसाइकल चेकजाँचमा कडाइ गरिएको छ ।

महानगरिय ट्राफिक प्रहरी वृत जावलाखेलका प्रमुख सीतारामा हाछेंथुको अगुवाइमा विहीबार बिहान ६ देखि साढे ६ बजेसम्म कुमारीपाटीमा मोटरसाइकल चेकजाँच गरी २० ओटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ ।



चालकसँग लाइसेन्स नभएको, मोटरसाइकलको ‘साइलेन्सर पाइप’ ठीक अवस्थामा नरहेको, मोटरसाइकलको ‘सक’ उठाइएको र ३ जना चढेको पाइएपछि नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका मोटरसाइकलहरु अभिभावकलाई बोलाएर फिर्ता दिइने भएको छ ।

सीताराम हाछेंथुलाई दरबारमार्गबाट सरुवा गरेर महानगरीय ट्राफिक प्रहरी वृत जावलाखेलमा सरुवा गरिएको चार दिन मात्र भएको छ ।  ईमेज खबर बाट साभार

अब एसएलसी दिने सबै पास : परीक्षामा अनुतीर्ण हुने प्रावधान नै खारेज

२५ मंसिर, काठमाडौ । एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरिएको छ । शिक्षामन्त्रीको अध्यक्षतामा बुधवार बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विगत ८१ वर्षदेखि लागू हुँदै आएको एसएलसी परीक्षामा अनुतीर्ण हुने प्रावधान खारेज गरेको गोरखापत्रमा खबर छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले विद्यालयबीचको अस्वस्थ प्रतिष्पर्धी उन्मुलन गर्न र विद्यार्थीलाई मानसिक तनावबाट मुुक्त पार्न एसएलसी परीक्षामा अनुतीर्ण हुने ब्यवस्था अन्त्य गरिसकेको बताए । उनका अनुसार अवदेखि विद्यार्थीको हातमा अनुतीर्ण भएको प्रमाणपत्र थमाइने छैन ।
यस्तै ब्यवस्था यसवर्ष प्राविधिकतर्फको एसएलसी परीक्षामा परीक्षणका रुपमा लागू गर्ने र आगामी २०७२ सालको एसएलसी परीक्षादेखि साधारणतर्फ पनि लागू गरिने छ ।
परिषद्को बैठकले प्रशितका आधारमा गरिदै आएको परीक्षाको मूल्यांकन पद्धतिलाई विस्थापित गरी ‘लेटर ग्रेड’का आधारमा मूल्यांकन गर्ने आधारलाई स्वीकृत गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक ढुंगेलका अनुसार ९० देखि एक सय प्रतिशत अंक ल्याउनेलाई ‘ए प्लस’ (विशिष्ट), ८० देखि ८९ प्रशित अंक ल्याउनेलाई ‘ए’ (उत्कृष्ट), ६० देखि ७९ प्रतिशत अंक ल्याउनेलाई ‘बी’ (धेरै राम्रो), ४० देखि ५९ प्रतिशत अंक ल्याउनेलाई ‘सी’ (राम्रो) तथा २५ देखि ३९ प्रतिशत अंक ल्याउनेलाई ‘डी’ (कमजोर) र २५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ‘ई’ (धेरै कमजोर) भनी प्रमाणपत्रमा उल्लेख गरिनेछ ।

कोरियामा रहेका नेपाली कामदारको तलब अर्को महिनाबाट बढ्ने

काठमाडौं,मंसिर २५ – नेपाली कामदारको लागि आकर्षक गन्तब्य बनिरहेको दक्षिण कोरियामा इपिएस परीक्षाबाट गएका कामदारको अर्को महिनादेखि तलव बढ्ने भएको छ । दक्षिण कोरियाले सन् २०१५ का लागि मजदूरको न्यूनतम तलव बृद्धि गर्ने निर्णयसँगै नेपाली कामदार त्यसवाट लाभान्वित हुने भएका हुन् । दक्षिण कोरियाले ६ महिनाअघि नै कामदारको न्यूनतम तलव ७ दशमलव १ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेको थियो ।



आगामी महिनादेखि वृद्दि भएको तलब कार्यान्वयनमा ल्याउन दक्षिण कोरियाको न्युनतम ज्याला निर्धारण समितिले पहल थालिसकेको जनाएको छ । समितिले कोरिया सरकारलाई पत्राचार गरेर वृद्दि गरिएको तलब कार्यान्वयनमा लगाउन आग्रह गरेको छ । समितिकै सिफारिसलाई आधार मानेर कोरिया सरकारले प्रतिवर्ष न्युनतम पारिश्रमीक बढाउँदै आएको छ ।

 नयाँ निर्णयपछि अहिले घन्टाको ५ हजार २ सय १० वन तलव पाउने कामदारले ५ हजार ५ सय ८० तलव पाउने छन् ।त्यस्तै प्रतिदिन ८ घन्टाको तलब ४४ हजार ६ सय ४० वन हुनेछ । त्यसैगरि प्रतिमहिना (४० घन्टा) को तलब ११ लाख ६६ हजार २ सय २० वन हुन्छ,आजको नागरिक दैनिकमा खबर छ ।