top_rightads

Sunday, September 14, 2014

भदौमा मच्चिने भो 'ताण्डव'

 


काठमाडौं– बेलायती नागरिक मुरे केरद्वारा निर्देशित नेपाली फिल्म 'ताण्डव' आगामी भदौ ६ मा रिलिज हुने भएको छ। बिहीबार केएल टावरस्थित एफक्युब हलमा फिल्मको प्रोमो देखाउँदै रिलिज मिति सार्वजनिक गरिएको हो।'नेपालको साहित्य विश्वस्तरीय छ, तर नेपाली फिल्म कमजोर छ। नेपाल संस्कृतिमा धनी भए पनि फिल्मले यसलाई आत्मसात गर्न सकेको छैन। ताण्डवमा यही प्रयास गरेका छौं,' निर्देशक केरले भने। ६ वर्षयता नेपाल बसिरहेका उनले यसअघि 'सिक सिटी' नामक फिल्म निर्देशन गरेका थिए। 'ताण्डव'मा कलाकारहरुले राम्रो काम गरेको अभिनेत्री नम्रता श्रेष्ठले बताइन्। 'सबै कलाकारले दिएको भूमिकामा मेहेनत गरेका छन्। राम्रो प्रतिफल आश गरेका छौं,' उनले भनिन्। उनी अभिनित 'ताण्डव' र 'सम्बोधन' एकै साथ रिलिज हुँदैछन्।

उनले फिल्म नजुधोस् भन्ने चाहना भए पनि त्यसका लागि आफूले अनुरोध मात्र गर्नसक्ने तर बाध्य पार्न नसक्ने प्रतिक्रिया दिइन्। 'म एक कलाकार भएकाले भूमिकामा ध्यान दिने मेरो काम हो। फिल्म रिलिज टुंगो गर्ने काम निर्माताको भएकाले मैले हस्तक्षेप गर्न मिल्दैन। एकै दिन रिलिज हुँदा प्रमोसनमा मेरो सहभागिता ५०–५० प्रतिशतमात्र हुन्छ।'

नेपाली र्यापर आशिष रानाले 'ताण्डव'बाट डेब्यु गरिरहेका छन्। 'फिल्ममा अभिनय गर्नुअघि तीन महिना अभिनय र बक्सिङको कोर्स समेत दिए। फिल्ममा अभिनय गर्नु भनेको गाह्रो काम रहेछ,' उनले भने। स्म्यासिङ एप्पलको प्रस्तुति 'ताण्डव'मा अनुप बराल, एलेन गुरुङ र प्रमोद अग्रहरि आदिको अभिनय रहेको छ। ४० दिन सुटिङ गरिएको फिल्म तौलिहवा, गोरुसिङ्गे र काठमाडौंमा भएको हो। फिल्म तीन देशमा फिल्म बिक्री भइसकेको निर्माता मोहन डोटेलले जानकारी गराए।

No comments:
Write comments