top_rightads

Saturday, September 13, 2014

भिटामिन बी १ को कमीले ब्रेन फेल हुनसक्छ !!

 

1







वासिङटन, हालै गरिएको एक नयाँ खोजबाट भिटामिन बी १ को कमीले ब्रेनको घातक रोग वैनिक इन्सेफेलोपथी हुन सक्ने कुराको खुलासा भएको छ । एल्कहल र एड्सका ७५-८० पर्सेन्ट केसहरूमा यो रोग हुने आशंका रहने गरेको कुरा अनुसन्धानकर्ताहरूले जनाएका छन । यो ब्रेनको यस्तो रोग हो, जसको समयमा उपचार नगरिएमा रोगी इन्सेफेलोपथीको शिकार हुने गर्दछ ।

 मेटाबोलिक सन्तुलन बिग्रने र नशालु पदार्थको सेवन गर्नाले यो रोग लाग्दछ । लायोला यूनिभर्सिटी मेडिकल सेन्टरका न्यूरोलोजिस्टका अनुसार, वेनिक इन्सेफेलोपथीबाट पिडितहरूमा कन्फ्यूजन, भ्रम, कोमा, मांसपेशिहरूको कमजोरी र दृष्टि दोष जस्ता समस्याहरू देखिने गर्दछ । पछि गएर यसले मानिसलाइ स्थायी रूपमा ब्रेन ड्यामेजको कारण बन्न सक्दछ र रोगीको मृत्यु हुन सक्दछ । साइन्स अमेरिकन मेडिसिन जर्नलमा यस नयाँ खोजलाइ प्रकाशित गरिएको छ ।

No comments:
Write comments