top_rightads

Friday, October 17, 2014

माधव नेपालले ओबामालाई योग सिकाउने : ओबामाले नेपाललाई महत्व दिएको दाबी

 

१ कार्तिक, काठमाडौ । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाकी राष्ट्रपति बाराक ओबामालाई नेपालीहरुले योग सिकाउनुपर्ने बताएका छन् ।
पाँच दिनसम्म काठमाडौमा चलेको योग विज्ञान शिविरमा बोल्दै एमाले नेता माधवकुमार नेपालले अमेरिकी राष्ट्रपति ओबामालाई योग शिविरबारे कन्भिन्स गर्नुपर्ने बताए ।
योगको महत्वबारे चर्चा गर्दै एमाले नेता नेपालले अमेरिका लगायत संसारमै योगको महत्व रहेको बताए । अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि योगप्रति रुची राखेका छन्, नेता नेपालले भने, यस्तो किसिमको योग शिविर अमेरिकामा सञ्चालन भयो भने पनि योगमा कुनै कमी हुने छैन ।
नेता नेपालले योगको चर्चासँगसँगै अमेरिकी राष्ट्रपति ओबामालाई आफूले पटक-पटक भेटेको भन्दै गर्व महसुस भएको सुनाए । आफू अमेरिका जाँदा ओबामासँग भएको भेटलाई अरु देशमा राष्ट्र प्रमुखहरुले निकै चासो राखेको नेपालले बताए ।
ओबामासँगको भेटलाई आफ्नो सवै भन्दा ठूलो मान्छेसँगको भेट भएको जस्तो ठानेर योग शिविरमा ओबामाको भेटबारे प्रवचन दिएका नेपालले भने, - मेरो र उहाँको सम्वाद देखेर पाकिस्तानका राष्ट्रपति, बंगलादेशका प्रधानमन्त्री, फिनल्याण्डका राष्ट्रपतिले पछि मलाई महत्व दिएको बारेमा जिज्ञासा राखेका थिए ।
ओबामाले आफूलाई चासो दिएको नभई विश्व शान्तिको देश नेपाल भएकाले नेपाललाई चासो दिएको एमाले नेता नेपालले बताए ।
ओबामालाई कालो पत्थर दिएपछि…
एमाले नेता नेपालले अमेरिकी राष्ट्रपति ओबामासँगको भेटको क्रममा कालो पत्थर उपहार दिएको बताए । उनले कोपेनहेगनमा ओबामासँग भएको दोस्रो भेटका क्रममा आफूले ओबामालाई कालो पत्थर उपहार दिएको स्मरण गरे ।
सगरमाथाको देशबाट उपहार ल्याएको छु भनेर कालो पत्थर उपहार दिएँ, नेता नेपालले योग शिविरमा प्रवचन दिँदै भने, ‘कालो पत्थर देख्ने वित्तिकै ओबामाले कालो पत्थरले प्रकृतिलाई असर पुर्याइरहेको आफूलाई स्मरण गराइरहने बताए । कति तेजिलो दिमाग नेता नेपालले ओबामाको प्रशंसा गर्दै भने- मलाई सधैं सम्झना आइरहन्छ ।
हिउँको टाकुराबाट हिँउको पत्थर ल्याउनुपर्नेमा कालो पत्थर ल्याउनु भनेको हिउँ पग्लदै छ भन्ने संकेत भएको ओबामाले बुझिसकेको नेपालले टिप्पणी गरे ।
योगप्रति निकै विश्वास राख्ने गरेका नेता नेपालले योगले मानिसको धेरै रोग निको हुने बताए । योगले लामो आयु र स्वस्थ जीवन प्राप्त गर्ने उनले उल्लेख गरे । नेता नेपालले आफ्नो परिवार सात्विक रहेको र आइकम पढ्नु अघिसम्म आफूले पनि मासु नखाने गरेको बताए । आफू जेलमा रहँदा नियमित रुपमा शीर्षासन लगायतको योगाभ्यास गर्ने गरेको नेता नेपालले स्मरण गरे ।

No comments:
Write comments