top_rightads

Friday, October 17, 2014

कफीले स्वास्थ्यमा पार्ने फाइदा

 

भनिन्छ शोधकर्ताहरुले पनि हामी बाँकी सर्वसाधारणले जस्तै अवश्य पनि कफी मन पराउँछन् त्यसैले कफीले स्वास्थ्यमा पार्ने फाइदाको विषयमा पुष्टि गर्ने प्रयत्न गरिरहेका हुन्छन् । तर आफुलाई मन पर्ने भएर मात्र होइन कफी साँच्चीकै लाभदायक हुने तथ्य शोधकर्ताहरुले पत्ता लगाएका छन् ।

बेलायतको नेसनल क्यान्सर इन्स्िटच्युटका शोधकर्ताहरुका अनुसार सामान्य कफी वा क्याफाइन तत्व निकालिएको दुबै खाले कफीको सेवनले मानिसको कलेजोको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

कफी पिउने २७ हजार जना मानिसमा गरिएको सर्भेक्षणबाट यस्तो निष्कर्ष निकालिएको हो । कम्तीमा २४ घण्टामा एक पटक कफी पिउने ती व्यक्तिहरुको रगतको नमूना निकालेर त्यसमा कलेजोको कार्यमा असर गर्ने एमिनोट्रान्फेरेज तथा अल्कलाइन फोस्फेटेज इन्जाइमको तह मापन गरिएको थियो ।

त्यसक्रममा दिनमा तिन पटक वा सो भन्दा बढि पटक कफी पिउने मानिसहरुको रगतमा यी इन्जाइमको तह कम पाइयो । यसले कलेजोको स्वस्थपनलाई इंगित गर्छ ।

मुख्य शोधकर्ता डाक्टर जिआओका अनुसार कफीमा हुने क्याफाइन बाहेकका तत्वले कलेजोको स्वास्थ्य प्रबर्द्धन गर्छन् । ती तत्वहरु कुन कुन हुन् भन्ने कुराको पहिचानका लागि थप अध्ययनको आवश्यकता रहेको उनको भनाइ छ ।

साथै अध्ययनले दैनिक रुपमा कफी हल्का कफी पिउनाले मानिसमा मधुमेह, अल्जाइमर तथा पार्किन्सन रोगको जोखिम कम गर्ने तथ्य पनि पत्ता लगाएको छ ।

No comments:
Write comments