top_rightads

Friday, October 17, 2014

दश दिनसम्म मात्र विवाह गर्ने : तनिशा

 

मुम्बई : बलिउडमा अभिनयबाट काजोलले जति चर्चा कमाएकी छन्, उनकी बहिनी तनिशा निकै पछाडि छन्। अभिनयबाट नभए पनि अन्य गतिविधिबाट तनिशा चर्चामा आइरहन्छिन्। चर्चा र तनिशा एकअर्काका पर्यायजस्तै बनेका छन्।

अघिल्लो वर्ष टेलिभिजन रियालिटी सो 'बिग बोस'मा सहभागी उनी नायक अरमान कोहलीसँगको सम्बन्धलाई लिएर विवादमा पनि तानिएकी थिइन्। विवाद र चर्चाको शंृखलालाई उनको पछिल्लो अभिव्यक्तिले निरन्तरता दिएको छ। 'अहिले विवाह गर्ने योजना छैन तर भइहालेमा निरन्तर १० दिनसम्म विवाहोत्सव चलाउन मन छ', उनले भनेकी छन्।

तनिशाका प्रेमी अरमान कोहलीले पहिले नै आफूहरूबीच ब्रेकअप भइसकेको बताएका छन्। उनी चलचित्र निर्देशक राजकुमार कोहलीका छोरा हुन्। उनले विभिन्न चलचित्रमा अभिनय गरिसकेका छन्। तर, अरमानको टिप्पणीप्रति कुनै प्रतिक्रिया नदिएकी तनिशाले हालै अरमानसँग आफ्नो कुनै सम्बन्ध नभएको स्पष्ट पारेकी छन्। अरमानप्रति व्यंग्य गर्दै उनले भनेकी छन्, 'म यति भन्न चाहन्छु, भगवान्ले उनको रक्षा गरून्।

सुरुमा यो जोडी विवाहको तयारीमा रहेको चर्चा चलेको थियो। तर, तनिशाले त्यसमा सत्यता नभएको र विवाह जति बेला मन लाग्छ त्यति बेला खेल्ने खेलजस्तो नभएको तर्क गरेकी छन्। 'मिडियामा आएजस्तो कसैसँग मैले विवाहको कुरा गरेको छैन', तनिशाले भनेकी छन्, 'जब म विवाह गर्छु, १० दिनसम्म वैवाहिक समारोह चलाउनेछु। म विवाहको लामो सेलिब्रेसन गर्न चाहन्छु।

No comments:
Write comments