top_rightads

Monday, October 13, 2014

माकुराले बनायो घरबारबिहिन (फोटोफिचर सहित)

 

घर किन्ने र घर बनाउने सबैभन्दा महत्वपुर्ण कुरा हो । नयाँ घर किन्दा हामीले सामान्य कुरामा पनि याद गर्नु पर्ने हुन्छ । घरको झ्याल ढोका कता फर्किएका छन्, बाथरुम कस्तो छ, भान्सा घर कस्तो छ, घर वरिपरिको वातावरण कस्तो छ आदि इत्यादि । हामी यस्तै कुरा हेरेर घर किन्छौं ।

तर, डेनमार्कको मिजेरीमा नयाँ घर किनेका परिवारले घर छाड्नु परेको छ ।
चार कोठा भएको यो घरमा ६ हजारबढी माकुरा रहेका छन् । २ हजार ४ सय स्क्वायर फुट क्षेत्रफल रहेको यो घरमा पहिले बस्दै आएका परिवारले माकुराकै कारणले सो घर बेचेका थिए । उनीहरुले सत्य लुकाएकोमा नयाँ परिवारलाई क्षतिपुर्ति समेत तिर्नु परेको छ ।
घरमा फैलिएका माकुरा हानिकारक रहेको र उनीहरुले टोक्दा बान्ता हुने, शरीर सिथिल हुने, टाउको दुख्ने र रोग प्रतिरोधात्मक प्रणाली कमजोर भएको मान्छेको मृत्यु पनि हुन सक्ने चिकित्सहरुले बताए ।
माकुराले अड्डा जमाएको सो घर २ वर्षदेखि खाली रहेको छ । जहाँ अहिले माकुरा मार्नका निम्ति कडा विष छरिएको छ भने विष हावामा फैलिन नदिना पुरै घरलाई पालले ढाकिएको छ ।

No comments:
Write comments