top_rightads

Wednesday, October 15, 2014

प्रचण्ड मोर्चामा आवद्ध २२ दलले शुक्रबार खुल्लामञ्च भर्ने

 

२९ असोज, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड मोर्चामा आवद्ध २२ दलले शुक्रबार काठमाडौंमा हुने प्रदर्शनमा खुलामञ्च भरिने गरी सडकमा मानिस उतार्ने दाबी गरेका छन् ।
बुधबार बसेको २२ दलको बैठकमा ३१ गतेको सभाको तयारीबारे समीक्षा भएको छ । सभालाई २४ गते संविधानसभा अगाडि प्रदर्शन गर्दै सुरु भएको आन्दोलनको ‘क्लाइमेक्स’ भनिएको छ ।
खुलामञ्चमा हुने सभामा २२ दलमा आवद्ध तीन मोर्चाका तीन-तीन प्रमुख नेताहरुले सम्बोधन गर्नेछन् ।  बुधबार बसेको २२ दलको बैठकमा सभाका लागि आवद्ध दलहरुले कति मानिसलाई उतार्ने भन्ने बाँडफाँड गरेको छ ।
स्रोतका अनुसार एमाओवादीले २० देखि ३० हजार मानिस ल्याउने बताइएको छ ।  पहिचानमा आधारित संघीय गठवन्धनले १०/१५ हजार तथा मधेसवादी दलहरुले ४/५ हजार आफ्ना समर्थकलाई खुलामञ्चमा उपस्थित गराउने बताएका छन् ।
असोज २४ देखि आन्दोलनको घोषणा गरेको २२ दलीय मोर्चाले २७ गते इटहरीमा र बुधबार दाङमा सभा सम्पन्न गरेको छ ।

No comments:
Write comments