साहसिक कार्यमा लागे सफलता अवश्य हात पर्नेछ । कार्य क्षेत्रमा भएका असमझदारी दुर भै समझदारीमा काम हुनेछ । विवादबाट भने टाढा रहनु पर्ने देखिएको छ । आफन्त परिजनबाट नयाँ सम्बन्ध बिकास गर्ने बारे प्रस्ताव आउन सक्नेछ ।
मनमा केही गर्ने उर्जा मिल्नेछ साथै कार्यमा हौसल्ला मिल्ने छ । रोक्किएका कामहरु बन्ने छन् । परिवारमा खुसियाली छाउने छ । उच्च पदस्थ व्यक्तिबाट सरकारी काममा सहयोग हुनेछ । आर्थिक व्यय कम गर्ने तरिका अपनाउनु बेस होला, खर्चका बाटाहरु भने बढि नै खुल्नेछन् ।
प्रतिकूल समयको बावजुद कार्य सफलताको योग रहेको छ । अनियमितताले आउन सक्ने स्थितिको स्वयम् जिम्मेवार रहनु पर्नेछ । मित्रको विश्वास गुम्न सक्ने छ । सामाजिक कामबाट भने सन्तुष्टी पाउनु हुनेछ । प्रियजनसँग मेल हुनेछ ।
भनाइ र गराईमा ठुलो खाडल देखिनु दुर्भाग्य होला । नगरेका कुरामा आरोप आउन सक्ने तर्फ सजग रहनु पर्ला । परदेशको बास हुन सक्नेछ । प्राकृतिक बिपदी आइलाग्ला । आफन्तको नकारात्मक व्यवहारले पिरोल्ने छ । आर्थिक पक्ष निकै कमजोर बन्ने देखिएको छ ।
बेमौसमी खेतीबाट राम्रै लाभ हुनेछ । खेती तथा पशुपालनको कार्य फाब्ने छ । मेशिनरी चिजको सहयोगले गरिने यान्त्रिक कार्य पनि उत्तिकै फलदायी बन्ला । टाढाका परिजनसँग भेट गर्ने अवसर मिल्ने छ । आर्थिक कार्य भने जसरी पनि उकासिने छ ।
अरुको भरमा पर्नु दुःखदायी हुनेछ । बहुमूल्य बस्तु गुम्ने ग्रह योग रहेको छ । तपार्इंको हातबाट भएका व्यवहार बिग्रने भएकोले परिवारबाट गर्नु श्रेयस्कर हुनेछ । बिशेष गरी लेनदेनको व्यवहार विवादित बन्ने देखिएको छ ।
आत्मबल बढ्ने छ । सामाजिक कार्यमा गरेको लगानी शुभ फलदायी रहने छ । रचनात्मक कार्यमा लागिने छ । पढाइ लेखाइमा ध्यान जानेछ । परिवारबाट सहयोग हुनेछ । रमाइलोमा खर्च हुनेछ । अरुले गरेको काममा संकालु आखाले हेर्नु चिन्ताको कारण बन्ने छ ।
कागले कान लग्यो भन्दा कान नछामी हिड्नु गलत हुनेछ । पहिले निर्णय लिँदा अन्त्यमा पछुताउनु पर्ने बेला रहेको छ । जागिरमा भने पदोन्नतिको समय रहेको छ । सरकारी काम बन्ने छन् । हितैसीहरु बढ्ने छन् । काममा आफै अघि बढ्नु हितकर हुनेछ ।
आध्यात्मिक कार्यमा ठुलो काम गरिने छ । सामाजिक कार्यले उत्साहित बनाउने छ । विवादकाबीच तपाईले गरेको काम पुरा हुनेछ । आर्थिक क्षेत्रमा नयाँ आयाम थपिने छ । गुप्त शत्रुमाथि विजय प्राप्त हुनेछ । नसोची बोलेको कुराले विवादमा परिएला ।
समग्र व्यापारिक क्षेत्रमा घाटा हुनेछ । गुप्त चिन्ताले सताउला । शरीरमा चोटपटकको भय रहेको छ । बृद्धाहरुको आशीर्वादबाट अघि बढ्नु होला काम बन्ने छ । अरुको विश्वासमा पर्दा बनिसकेको काम पनि बिग्रने खतरा रहेको छ । लेनदेनमा विवाद आउला ।
गलत ब्यक्तिसँगको करोवारले विवादमा पार्न सक्छ । न्यायिक कार्यमा कमजोर बन्ने समय रहेको छ । अरुको आलोचना गर्नु पूर्व आफ्नो गल्तिको बारेमा अध्ययन गर्नु हितकर होला । मानसिक चिन्ता हुनेछ । तर दिनको अन्त्य भने शारीरिक सुख दिनेवाला रहने छ ।
सानातिना विवादको कारण ठुलो कामपछि पर्नेछ । कार्यमा निरुत्साही बनिने छ । सरकारी काममा हात नहालेको बेस । भूमि जमिन विवाद हुने भएकोले भूमिसम्बन्धी कारोवार नगरेकै बेस होला । अरुको भरमा पर्दा प्रतिष्ठा गुम्ने देखिएको छ ।
http://aajakokhabar.com/horoscope.php#.VERyunCHtGU.facebook
No comments:
Write comments