राजधानीको बबरमहलस्थित काठमाडौं जिल्ला अदालत नजिकै बस दुर्घटना भएको छ। राजधानीकै अत्याधिक व्यस्त मानिएको सडकमा बस पल्टिँदा केही मोटर साइकललाई किचेको छ। जसबाट मोटरसाइकलमा सवार ३ जनाको ज्यान गएको छ। यस्तै १२ जना घाइते भएका छन्।
काठमाडौँ-धुलिखेल चल्ने बा१ख ८६७६ नम्बरको मिनीबस काठमाडौं जिल्ला अदालतअगाडि पल्टिएको हो।
बस पल्टिएसँगै बा ६२ प ३६९८, बा ३६ प २३७६, बा ३७ प ७६३, बा ५६ प ३५३८ नम्बरका मोटरसाइकल पनि किचिएका थिए।
दुर्घटनामा घाइतेलाई सिभिल अस्पताल र वीच अस्पतालमा लगिएको छ।
वीर अस्पतालमा ८ जनाको उपचार भइरहेको छ जसमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यसैगरी नयाँ वानेश्वरस्थित सिविल अस्पतालमा ४ जनाको उपचार भइरहेको छ। सिविलमा रहेका चारै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी प्रवक्ता वसन्त थापाका अनुसार घटनामा परी आठ जना घाइते भएका छन्। बसको चालक फरार रहेको उनले बताए।
दूर्घटनामा परेका कोहीको पनि सनाखत हुन सकेको छैन।
No comments:
Write comments