Tuesday, November 25, 2014
मान्छे लुकेको भन्ने हल्लाको आधारमा सिटी मार्केटमा छापा : प्रहरीद्वारा ताला काट्दै ब्यापक सर्च
काठमाडौँ, १० मंसिर, राजधानीको पुरानो बसपार्कमा रहेको सिटी मार्केटमा सुरक्षाकर्मीले अचानक छापा मारेको छ । सार्क सम्मेलन स्थलको ठिक पछाडी रहेको सिटी मार्केटमा मंगलबार साँझ छापा मारिएको हो । मंसिर ७ गतेदेखि नै बन्द रहेको सिटी मार्केटमा आशंकाका आधारमा सर्च गरिएको प्रहरीले जनाएको छ । सुरक्षाको हवाला दिँदै ७ गतेदेखि बन्द गराइएको सिटी मार्केटमा सटर बन्द गरी मान्छे लुकेको भन्ने हल्लाको आधारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितको संयुक्त टोलीले छापा मारेको हो ।
मार्केटका व्यवसायीहरु कतिपय टाढा घर गइ सकेकोले उनीहरुको पसलको ताला काट्दै सर्च गरिएको छ । नजिक हुने व्यवसायीले भने ताला खोली दिएका थिए । अधिकांश पसलका ताला काटेर पसल त्यतिकै छोडिएको छ । सार्क सम्मेलनको सुरक्षाको लागि भन्दै हप्ता दिनसम्म बन्द गराइएको मार्केटका व्यवसायी ताला काटेर छोडिएपछि थप पीडित बनेका छन् ।एजेन्सी
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments