Tuesday, November 25, 2014
निद्रा नलागेर हैरान हुनुहुन्छ ? सजिलै निदाउन यसो गर्नोस्
कोही मानिस बिस्तारा भेट्ना साथ ५ मिनेटमा नै निदाइ हाल्छन् भने कोही घण्टौं सम्म निदाउन सक्दैनन् । भनिन्छ तातो दुध, कफी पिउनाले वा तातो पानीले नुहाउनाले मज्जाको निद्रा लाग्छ । तर, सबैलाई यस्तो नहुन पनि सक्छ ।
इङ्ल्यान्डमा मात्र १० करोड मानिसले निदाउने औषधी खाँदै आएका छन् र विश्वभर ८६ प्रतिशत मानिस निदाउन नसक्ने वा निद्राबाट विचलित हुने गरेका छन् । यसै कारणले गर्दा यस विषयमा धेरै अनुसन्धान पनि हुने गरेका छन् । निदाउन नसक्नुका प्रमुख कारण तनाव लिने, केही नगरि दिन बिताउने, मनमा कुरा खेलाउने जस्ता हुन् । यदि तपाई पनि निद्रा नलागेर चिन्तित हुनुहुन्छ भने तल दिइएका उपाय अपनाउनुहोस् ।
१.देब्रे नाकबाट सास तान्ने
देब्रे पट्टि फर्किएर सुत्ने र एउटा हातले दाहिने नाक बन्द गर्ने र देब्रे नाकबाट सास तान्ने ।
२.मांसपेशीहरु तन्काउने र आराम दिने
उत्तानो परेर सुत्ने, लामो सास तान्ने र आफ्नो हात खुट्टा तन्काउने । कम्मर भन्दा माथिको भाग दाँया बाँया घुमाउने र दुवै हातलाई बिस्तारै तन्काउने–खुम्चाउने । यसो गर्नाले तपाईको हरेक मांसपेशीलाई आराम मिल्छ र निदाउन सजिलो हुन्छ ।
३.अनिधो बस्न खोज्ने
तपाईले आफू अनिधो बस्छु भनि आँखा ठूलो पारेर केही बेर बस्ने हो भने आँखा छिटो थाक्छन् र छिटै निदाउन मदत हुन्छ ।
४.दिनका कुरालाई उल्टो गरी सम्झने
दिनभरिका कुरालाई निदाउने बेलामा उल्टो गरी सम्झदै जाने हो भने तपाईको मस्तिष्कलाई आराम मिल्छ र निदाउन मद्दत हुन्छ ।
५.आँखालाई घुमाउने
आँखा बन्द गरेर आँखाको गेडी घुमाउँदा निद्रा लाग्ने हर्मोन उत्पादन हुन्छ र हामी छिटै निदाउन सक्छाँै ।
६.सोचमा हराउनु होस्
हामी सोच्ने भन्नासाथ बितेका कुरा सोच्न थाल्छौँ । तर यसो गर्दा हाम्रो निद्रा झन बिग्रन्छ । हामीले हाम्रो तीनवटा संवेदना प्रयोग गरेर नयाँ ठाँउ वा नयाँ काम गरेको सोच्न थाल्ने हो भने हामी छिटै निदाउन सक्छौँ ।
७.मुख बन्द गरी सानो मलिन स्वरमा आवाज निकाल्ने
आफ्नो शरीरलाई आराम अवस्थामा राख्ने र आँखा चिम्लने र मलिन स्वरमा मुख बन्द गरी ‘हम्म्म्म’ गरी आवाज निकाल्ने । कुमलाई नतन्काई खुला छाडिदिने र बिस्तारै सास लिने । सास लिँदा छातीलाई नफुलाई पेट फुलाउने र सास फाल्दा पेट सानो गर्ने । यसो गर्नाले
तपाईको शरीरलाई आराम मिल्छ र मस्तिष्कले पनि स्फुर्ति प्रदान गर्दछ ।
८.आँखीभाँैको बीचमा थिच्ने
तपाईको दुई आँखीभौँको ठिक बीचमा रहेको नशाले तपाईको मस्तिष्कलाई स्फुर्त बनाइदिन्छ । दुई आँखीभौँको बीचको भागलाई २० सेकेन्ड बिस्तारै थिच्ने र छाड्ने । यो प्रक्रिया तीन पल्ट दोहोर्याउने हो भने छिटो निद्रा लाग्छ ।एजेन्सी
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments