top_rightads

Tuesday, November 25, 2014

हप्ता दिनसम्म सुत्ने अनौठो युवती

 



इंल्यान्डमा बस्दै आएकी लुइसा बल दिनमा २१ घण्टा सुत्छिन् । उनी अल्छी भएर यसरी सुतेकी भने होइनन् । उनी ‘केलिइन–लेभेन सिन्ड्रोम’ बाट ग्रसित छिन् । उनी कहिलेकाहीँ हप्ता दिनसम्म सुत्छिन् भने कहिले सो भन्दा बढीसम्म । यस्तो समस्याबाट ग्रस्त उनका परिवार भने निकै चिन्तित बनेका छन् ।

लुईसालाई सधैं यस्तो हुने भने होइन, उनलाई दुई तीन महिनामा यस्तो हुन्छ । आमाबुबाले उनलाई यस्तो भएको बेलामा शौचालय जान र खाना खुवाउन मात्र उठाउने गरेका छन् । लुइसा हप्तौँ सुत्छिन् भने उनका बाबुआमा चिन्ताले सुत्न सक्दैनन् । उनका बाबु भन्छन् –‘उ सुतेको बेलामा कहिले त उसले हामीलाई छाडेर गइसकिन् जस्तो लाग्छ ।’

लुइसा एक हप्त सुत्दा उनको वजन ४.५३ के.जि सम्म घट्ने गर्दछ । केलिइन–लेभेन सिन्ड्रोम किशोरावस्थामा देखिने एक प्रकारको रोग हो जसमा रोगी हप्ता दिन भन्दा बढि र महिना दिन भन्दा कम सुत्ने गर्दछन् । यो रोग करोडौँ मान्छेमा एकमा मात्र देखिन्छ ।

अहिलेसम्म अमेरिका र इजरायलमा मात्र देखिएको यो रोगको कुनै स्थायी उपचार छैन । तर, औषधीले ननिदाउने सहायता भने लिन सकिन्छ । यो रोग लागेका मानिसमा अत्याधिक कमजोरी महसुस हुने, दिनमा १६ देखि २१ घण्टासम्म निदाउने, रिसाउने तथा झर्को मान्ने जस्ता लक्षण देखा पर्छन् । एजेन्सी

No comments:
Write comments