top_rightads

Sunday, November 30, 2014

फेरी सुरु भयो अनुष्का र रणवीरको रोमान्स

 

मुम्बई ।
केही समयअघिसम्म बलिउडमा रणवीर सिंह र अनुष्का शर्मा चर्चित प्रेम जोडी मानिन्थे । तर उनीहरुको प्रेम लामो समयसम्म टिक्न सकेन । बाटो छुटिट्यो । तैपनि अहिले उनीहरु रोमान्समा व्यस्त छन् ।

तर यो रोमान्स वास्तविक जीवनमा नभई छायांकनमा रहेको चलचित्र ' दिल धड्कने दो' मा हो ।
यसअघि चलचित्र 'व्यान्डबाजा' र 'लेडिज भर्सेज रिकी बहल' मा सँगै काम गरेका उनीहरुको प्रेमसम्बन्ध ब्रेक भएपछि यो पहिलो चलचित्र हो ।



बलिउडमा अहिले रणवीर र अनुष्का दुवै व्यस्त नायकनायिका मानिन्छन् । अनुष्का 'दिल धड्कने दो' का साथै नवदीप सिंहको निर्देशन रहेको अर्को चलचित्र 'एनएच १०' मा पनि काम गर्दैछिन् ।

यो चलचित्रको काम पूरा हुनासाथ उनी चलचित्र निर्माण गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।
अझ उनले यस चलचित्रमा रणवीर सिंहलाई लिने चर्चाले त बलिउड तातेको छ तर यस विषयमा अनुष्का एवं रणवीर दुवैले केही बोलेका छैनन् ।
एजेन्सी 

No comments:
Write comments