top_rightads

Sunday, November 30, 2014

महाकाली नदिलाई यमुनामा मिसाउने मोदीको योजना तपाईंलाई कस्तो लाग्यो ? तपाईंको प्रतिक्रिया...

 

१५ मङ्सिर, काठमाडौँ  ।

महाकाली सन्धि अन्तर्गतको पञ्चेश्वर बहुउद्देश्यीय जलाशययुक्त आयोजनाको निर्माण भएपछि महाकालीलाई यमुना नदीमा मिसाउने योजना भारतले अघि सारेको छ ।

महाकाली मिसाएपछि यमुनामा मिसिने नदीको संख्या ३१ पुग्ने छ ।

भारतको राजधानी नयाँ दिल्ली हुँदै बहने नदी यमुनालाई पुनर्जिवन दिनका लागि महाकाली नदीबाट बगेको पानीलाई यमुनामा मिसाउने योजना भारत सरकारले तय गरेको हो ।




भारतको बहुचर्चित नदी जोड्ने परियोजना (इन्टरलिंक रिभर) मा अहिलेसम्म ३० वटा यस्ता नदी रहेकोमा महाकाली नदीलाई समेत समावेश गरी ३१ वटा पुर्‍याउने योजना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा शारदा नदी भनिने गरेको महाकाली नदीको पानी नेपाल-भारत सीमाक्षेत्रबाटै उत्तराखण्ड तथा उत्तर प्रदेश हुँदै नयाँदिल्लीको नजिकै यमुना नदीमा लगेर मिसाउने योजना तय गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाकालीबाट प्राप्त हुने थप पानीलाई यमुनामा मिसाएर यमुनाको पुनर्जीवनकालागि प्रयोग गर्ने योजना अगाडी सारेका हुन् ।

No comments:
Write comments