top_rightads

Sunday, October 19, 2014

हिमानीलाई पारससँग जान कसले मनायो ?

 

काठमाडौं,कात्तिक ३ – पारससँग अनौपचारिक रुपमा सम्बन्ध बिच्छेद गरिसकेकी पूर्व युवराज्ञी हिमानी शाह अन्ततः लोकलाजकै लागि भने पनि तिनै कुलंगार पतिलाई नेपाल फर्काउन बैंकक जाने भएकी छन् । सासू,ससुरा,आफन्त र पारिवारिक आग्रहमा हिमानी पारसका लागि अन्तिम पटक बैंकक जान सहमत भएको उच्च स्रोतलाई उद्धृद गर्दै आजको साँघु साप्ताहिकले खबर लेखेको छ ।
पारसले यसपटक थाई कानुन अनुसार धरौटीमा छुट्न कठिन हुने मुद्दा झेलिरहेका थिए । बैंककस्थित नेपाली दूतावासले पनि यसपटक पारस सजिलै छुट्न नसक्ने जानकारी गराएको थियो । तर,यसबीचमा नेपालको पूर्वराजपरिवारले थाईल्यान्डको राजपरिवारसँग सम्पर्क गरेर मुद्दालाई केही सहज बनाएर धरौटीमा छुट्ने वाताबरण बनाएको निर्मल निवास स्रोतले जनाएको छ । नेपालको राजपरिवार र थाइल्यान्डको राजपरिवारबीच पुरानो सम्बन्ध हो । त्यही सम्बन्धका आधारमा पारसका लागि अन्तिम एकपटक भनेर राजदरबारले पहल गरेको बताइएको छ । थाइ राजपरिवारको पहलमा त्यहाँको प्रहरीले पारसप्रति केही नरमपना अपनाएपछि सात लाख थाइ भाट अर्थात् २१ लाख रुपैयाँ धरौटी बुझाएर छुटाइए पनि मुद्दा टुंगिएको छैन । सो रकम राजपरिवारले हुण्डीमार्फत बैंकक पठाएको बताइएको छ । यसबीचमा पूर्वराजारानी र हिमानीले पारसलाई वेवास्ता गरेको र निर्मल निवासकै कारण पारस विग्रिएको जस्ता प्रचार सुनियोजित रुपमा भएपछि ज्ञानेन्द्र शाह पनि चिन्तित भएका छन् । उनले यसबीचमा हिमानीलाई सम्झाईबुझाइ गरेर पारसलाई भेट्न बैंकक जान सहमत गराएका छन् ।

http://www.ratopati.com/2014/10/20/175691.html

No comments:
Write comments