top_rightads

Sunday, October 19, 2014

कुनै धर्ममा किन वर्जित छ लसुन, प्याज र मदिराको सेवन ?

 

सत्य, रजस र तमस, मायाका यी तीन गुण हरेक मानिसहरुको दिमागमा भिन्न–भिन्न तहमा हुने गर्दछ । सत्य त्यो गुण हो जुन धैर्य, संयमता, पवित्रता र मानसिक शान्तिलाई दर्शाउने गर्दछ । कामुकता र धनको लोभजस्ता गुणहरु रजस गुणमा पर्दछन् । सारा नराम्रा पक्षहरु तमसअन्तर्गत पर्ने गर्दछ जस्तै क्रोध, घमण्ड र विनाशकारी सोच आदि । भगवान प्रति ध्यान लगाउनका लागि रजस र तमस गुणहरुको मात्रामा कमी हुन आवश्यक छ । थुप्रै खाद्य र पेय पदार्थले मानिसहरुको मानसिक अवस्थालाई प्रभावित गर्ने हुँदा यसले सत्व, रजस र तमसजस्ता गुणहरुको मात्रामा पनि प्रभाव पार्ने गर्दछ । उदाहरणका लागि रक्सी पिउनाले मानिसहरुको सहन सक्ने क्षमतालाई कमी गर्दछ र वासनाजस्ता राजसिक गुणलाई बढाउने गर्दछ । यस्तै प्रकारले प्याज, लसुन, हिंगजस्ता खाद्य पदार्थ रिसजस्ता तामसिक गुणलाई बढाउन मद्दत गर्दछ । भगवानको सच्चा भक्तले यस्ता कुनै पनि कुराहरुको सेवन गर्नुहुँदैन जसले राजसिक र तामसिक गुणहरुलाई बढाउने गर्दछ किनभने यसले भगवानको पुजामा बाधा उत्पन्न गर्ने विश्वास लिइएको छ । जब राजसिक र तामसिक गुणहरुको वृद्धि हुन्छ तब मानिसको दिमाग शान्त हुँदैन त्यसकारण यस्तो अवस्थामा भगवानको भक्तिमा लिन हुन सकिँदैन । जब सत्व गुणको वृद्धि हुन्छ तब उक्त व्यक्ति मनदेखि इमानदारीका साथ भगवानको पुजा अर्चना गर्ने गर्दछ । (एजेन्सी)
http://www.ratopati.com/2014/09/19/168478.html

No comments:
Write comments