विश्वका धेरै मानिस भुत प्रेत देखेर डराउँछन् तर त्यो रेष्टुरेन्टमा भने डरलाग्दो क्रियाकलाप हुन्छ । त्यो स्पेनको ला मासिया एंकांटडामा रहेको छ । हन्टेड नाम गरिएको रेष्टुरेन्ट विश्वको सबैभन्दा डरलाग्दो रेष्टुरेन्ट हो । त्यो रेष्टुरेन्ट छिरेका पाहुनलाई भुतले नै स्वागत गर्छ, भुतले नै खाना दिने गर्छ । अनि अझ डर लाग्दो कुरा त के भने खाना खाँदा पनि मरेका मान्छेको लाश सँगै बसेर खानुपर्छ । हो, त्यहाँ भुतले दिएको खाना लाशसँग बसेर खानुपर्छ । हन्टेड रेष्टुरेन्टसन् १९७० मा बनेको हो । रेष्टुरेन्ट छिर्ने बित्तिकै हातमा रगत लतपतिएको चक्कु, तरवार तथा हँसिया लिएको भुतले स्वागत गरिहाल्छ । भोजन गर्न बस्ने कुर्सी नजिकै यत्रतत्र लाश हुन्छन् ।
तिनै लाशसँग बसेर नडराई भोजन गर्नु पर्छ । खाने खाने समय भुतको नाटक पनि देखाइन्छ । तिन घण्टाको उक्त नाटक हेर्दै डरलाग्दो हुन्छ र विभिन्न भुताहा कहानी प्रस्तुत गरिन्छ । यो रेष्टुरेन्टमा मुटुरोगी, दमरोगी तथा गर्भवती महिला र अपांगलाई प्रवेश निषेध गरिएको छ । साथै १४ वर्षभन्दा कम उमेरका बच्चाबच्ची पनि यहाँ छिर्न पाउँदैनन् । रेष्टुरेन्टमा एकपटमा ६० जना सम्मले भोजन गर्न सक्छन् र कम्तिमा ३५ जना पाहुना भएपछि भुत शो सुरु हुन्छ ।
रेष्टुरेन्टभित्र क्यामरा प्रतिबन्धित छ र कुनैपनि दृश्य खिच्न पाइँदैन । तर त्यहाँ भएका भुत र लाश साँच्चिकै भने होइनन् । वेटर तथा अरु कर्मचारीले भुत तथा मरेको मान्छेको लाशको भेष धारण गरेका हुन् ।
No comments:
Write comments