top_rightads

Tuesday, October 14, 2014

लुगा लाउँन जान्दैनन् फेसबुक मालिक जुगरवर्ग

 


यस्तो सबैको लोकप्रिय फेसबुक बनाइदिने मानिस कस्ता थिए । यो तपाईलाई जान्न मन लागेको हुन् सक्छ । उनि फेसबुक प्रयोगकर्ताका लागि धन्यवादका पात्र हुन् त्यसैले कल्पनामे भउपनि उनि राम्रा थिए भन्नेहरु पनि होलान तर फेसबुक मालिक मार्क जुकरवर्गका केहि चाख लाग्दा कुरा पनि छन् ।

जुन जान्न जूरी छन् । जुगरवर्ग सन् १९८४ मे १४ तारिखमा अमेरिकाको न्यूयोर्कमा जन्मेका हुन् । उनि जम्मा ३० वर्षका मात्रै भएका छन् ।  यद्यपी ३० वर्षमै उनि अर्बपतिको सूचीमा प्रवेश गरिसकेका छन् । यद्यपी ३० वर्ष पुग्दा नपुग्दै अर्वपति बन्ने उनि एक्ला ब्यक्ति भने हैनन् ।

उनले १० वर्षअघि सुरु गरेको ‘फेसबुक’ले सोसल मिडियामा धेरै नै लोकप्रिय बन्यो । त्यसैले उनि पनि लोकप्रिय व्यक्ति हुन् फेसबुक प्रयोगकर्ताहरुका लागि ।

तर हामी यहा उनका जिवनका रोचक तथ्य प्रस्तुत गरेका छौँ ।

१. हारभर्ड ड्रपआउट

मार्क हारभर्डमा पढाई बिचमै छाडेर बिजनेस थालेका थिए । उनले अमेरिकाको प्रख्यात बिश्वबिद्यालय हारभर्डमा अध्ययन गर्दाताका फेसम्यास नामको वेबसाइट बनाएका थिए जसले बिद्यार्थीको तस्वीरका आधारमा को आकर्षक छ भनेर आफ्नो भोट दिन पाउँथे ।

त्यसले खासै ख्याती बटुल्न नसकेपछि उनले फेब्रुअरी ४, २००४ मा द फेसबुक डटकम नामका सामाजिक संजाल सुरु गरे । सुरुवातमा फेसबुक बिश्वबिद्यालयका ग्राजुएटहरुको डाटाबेश राख्ने र आपसमा मित्रता कायम गर्ने थलोजस्तो मात्र थियो । सन् २००६ बाट मात्र यो सवैखाले प्रयोगकर्ताका लागि खुला गरिएको थियो ।

२. चोरीको बात

मार्कमाथि बौद्धिक सम्पत्ति चोरीको बात लागेको थियो । हारभर्डमै पढ्ने बेला उनलाई हारभर्ड कनेक्सन नामक वेबसाइट निर्माणका लागि काममा लगाइएको थियो । तर, मार्कले त्यसको आइडिया लिएर निजी प्रोजेक्टको रुपमा द फेसबुक निर्माण गरेको उनलाई काम लगाएका क्यामरोन विनक्लोभ र दिब्य नरेन्द्रले आरोप लगाए । उनीहरुले मार्कविरुद्ध मुद्दा पनि हाले । पछि उनले साढे ६ करोड डलर दिएर यो मुद्दालाई समाधान गरेका थिए ।


३. रंग छुट्टाउन सक्दैनन्

जुकरवर्ग कलर व्लाइन्ड छन् । उनले रातो र हरियो रंग चिन्न सक्दैनन् । जसका कारण फेसबुकमा निलो रंग निलोको बोलबाला छ । जुकरवर्ग भन्छन– मेरो लागि सवैभन्दा उत्तम रंग नै निलो हो, जुन मैले पुरै ठम्माउन सक्छु ।’

४. माइक्रोसफ्ट र एओएलको जागिर अस्वीकार

हाइस्कूल पढ्दै गर्दा जुकरवर्गले सिनेप्स नामको म्युजिक एप्स बनाएका थिए । त्यतिबेला माइक्रोसफ्ट र एओएलले जुकरवर्गलाई सो एप थप विस्तार गर्न र आफ्नो जागिर खान आउन लाखौं डलरको अफर गरेका थिए । तर, उनले जागिर खानुको सट्टा हारभर्ड बिश्वबिद्यालयमा भर्ना हुने बाटो रोजे ।

५. म्याकडोनाल्ड बर्गरका पारखी

बिश्वको नम्बर एक सोसल नेटवकिर्ङ साइटका अर्बपति मालिक म्याकडोनाल्डका पारखी हुन् । उनको प्रोफाइलमा जनाइएअनुसार उनलाई बर्गर मन पर्छ, लेडी गागा, बिकोन र केट पेरी उनलाई मनपर्ने सेलिब्रेटी हुन् ।

६. घरमा टीभी छैन

यहुदी परिवारमा जन्मिएका मार्कसँग आफ्नै टीभी सेट छैन् । उनी आफुलाई यस्ता वस्तुमा विश्वास नभएको बताउँछन् ।

७. झुर पहिरनमा नम्बर १

अर्वपति भइकन पनि जुकरवर्गको ड्रेसअप सेन्स राम्रो छैन् । उनी अक्सर जिन्स, टीसर्ट र चप्पलमा भेटिन्छन् । सन् २०११ मा त उनी सिलिकन भ्यालीका सवैभन्दा खराव परिहनवाला ब्यक्तिको सूचीको पहिलो नम्बरमा थिए ।


८. आफ्नै स्टाफसँग विबाह

जुकरवर्गले सन् २०१२ मा लामो समयदेखिकी प्रेमिका प्रसिला चानसँग विवाह गरे । चान सन् २००४ मा फेसबुक सार्वजनिक भएको दोस्रो दिन फेसबुकमा जागिर खान पुगेकी थिइन् ।

९. २३ वर्षको उमेरमा कान्छो अर्बपति

सन् २००८ मा जुकरवर्ग संसारकै कान्छा अर्बपतिका रुपमा सूचीकृत भएका थिए जतिबेला उनको उमेर २३ वर्षको मात्र थियो । फोब्र्सको अर्बपति सूचीमा उनी पहिलोपटक ७८५ नम्बरमा परेका थिए ।

१०. वर्षमा १ डलर तलव

मार्क जुकरवर्गले सन् २०१२ मा प्रमुख कार्यकारी अधिकृतका रुपमा ५ लाख ३ हजार डलर तलव बुझेका थिए । तर, सन् २०१३ मा उनले अनौठो निर्णय गरे । उनले आफ्नो तलव घटाएर वर्षको एक डलरमा सिमित गरे ।

११. विशेष सुरक्षा

फेसबुकले जुकरवर्गलाई विशेष सुरक्षाका लागि खर्च उपलब्ध गराउँछ । उनको आफ्नो निवास र कार्यालयमा पनि विशेष सुरक्षा प्रबन्ध गरिएको छ जसको सम्पुर्र्ण खर्च फेसबुकले बेहोर्छ । फेसबुकका लागि जुकरवर्ग सवैभन्दा महत्वपूर्ण भएकाले उनलाई विशेष सुरक्षाका लागि खर्च गरिएको कम्पनीले जनाएको छ ।

१२. जुकरवर्ग कुकुरका शौखिन छन् ।
उनीसँग बिस्ट नामको एक कुकुर छ जसको फेसबुक फ्यानमात्रै १८ लाख छन् ।

No comments:
Write comments