२८ असोज, काठमाडौ । काठमाडौमा डनहरुको भागाभाग चलिरहँदा ललितपुर र भक्तपुरमा भने गुण्डागर्दी बढेको छ । प्रहरीले नै गुण्डाको साथ दिएपछि गुण्डाका नाइकेहरु असुलीको धन्दामा फर्किएका छन् ।
ललितपुर प्रहरीले ब्यापारीहरुको उजुरीमा पक्राउ परेका दुई गुण्डालाई एक दिन पनि नथुनी छाडिदिएपछि ब्यवसायीहरु त्रसित भएका छन् । दसैंअघि महानगरीय प्रहरी परिसर ललितपुरले गोपाल लामा लगायत दुई जना ब्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ गरेको थियो । तर उनीहरुलाई मुद्दा नचलाई एसएसपी पुष्पचन्द्र रञ्जितले छाडिदिएको दृष्टि साप्ताहिकमा खबर छ ।
काठमाडौपछि ललितपुर संगठित रुपमा गुण्डागर्दी हुने ठाउँ हो । जहाँ मीनकृष्ण महर्जन, समीर केसी लगायतको आ-आफ्नो समूह छ । जिल्लाका हरेक ठेक्कापट्टामा गुण्डाहरुले पाँचदेखि २५ प्रतिशत सम्म हिस्सा लिने गरेका थिए ।
ठेक्काकै कमिशन विवादमा रमेश बाहुनको समूहले मीनकृष्ण महर्जनलाई गोली हानेको थियो । सोही मुद्दामा समीर केसी पनि फरार छन् । काठमाडौ महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डागर्दीविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएको छ । महाशाखाले दिनेश अधिकारी चरीको इन्काउन्टर गरपछि गुण्डाहरुको भागाभाग चलेको थियो।
No comments:
Write comments