top_rightads

Tuesday, October 14, 2014

आखिर फुट्ने नै भो बैद्य माओवादी

 

काठमडौं,असोज २८ –तीन वर्षअघि एमाओवादीबाट विभाजित भएर बनेको नेकपा–माओवादी फुटको संघारमा पुगेको छ। महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दको विवादका कारण पार्टी फुट्न लागेको हो । एमाओवादीसँग पार्टी एकताका पक्षमा उभिएका थापा र विपक्षमा उभिएका चन्दबीच विवाद बढ्दै गएको छ। विवाद चर्कदै गएपछि थापा र चन्दले एक अर्कालाई निषेध गर्न थालेका छन्। संगठनात्मक संरचनामा आआफ्नै पकड जमाउन थापा र चन्दको होडबाजी बढेपछि केन्द्रदेखि तल्ला कमिटिसम्म विभाजनको रेखा कोरिएको छ। ‘जनयुद्धको जगमा जनविद्रोह’को कार्यदिशा सही मान्ने थापा र त्यो कार्यदिशा अपूर्ण रहेको ठान्ने चन्दको विभाद राजनीति ,संगठन र प्राविधिक विषयमा बढ्दै जान चालेको एक नेताले बताए । ‘पार्टीभित्रको अन्तरसंघर्ष पेचिलो र गम्भीर छ’पोलिटव्युरो सदस्य नारायण शर्माले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

No comments:
Write comments