काठमाडौं, आश्विन २८ । भारतमा हालै आएको समुद्री आँधीका कारण मृत्यु हुनेको संख्या २४ पुग्यो । यो आँधीको नाम राखियो हुदहुद । आँधीको नाम हुदहुद नै किन राखियो त । वास्तवमा हुदहुद इजरेलीको राष्टिय पंक्षी हो ।
सन् २००८ मा एक लाख ५५ हजार मानिसबीच गरिएको एक सर्वेक्षणपछी तात्कालीन राष्ट्रपति शिमोन पेरेजले देशको ६० औं बार्षिक उत्सवको अवसरमा यसलाई राष्ट्रिय पंक्षी घोषणा गरिएको हो ।
यो पंक्षीले यहुदी र मुस्लीम समुदायका पैगम्बर हजरत सुलेमानको दूतका रुपमा काम गर्ने पंक्षी समेत हुन् । हुदहुद पंक्षीलाई हावा,पानी,माछा,पशुपंक्षीका रुपमा कुरानमा समेत बर्णन गरिएको छ । सलेमान वाजमा सवार रहँदा घामले पालेको बेला हुदुहुदको बथानले आफनो प्वांख फैलाएर उनलाई घामबाट बजाएको कथन छ ।
त्यति मात्र होइन सुलेमान बाहेक यमनका महारानी मलिका बिलकीसले दैनिक सूर्यको पूजा गर्ने गरेको खवर पनि हुदहुदले नै सार्वजनिक गरी दूतको रुपमा काम गरेको थियो ।
हुदहुदको कामप्रती प्रसन्न रहँदै सलेमानले हुदहुदका राजा पंक्षीलाई बरदान माग्न लगाउँदा सुनको शीरको प्वाँखको माग गरियो यद्दपी उनीहरुको माग त पूरा भयो तर शीरको प्वाँखकै लागि हुदहुदको शिकार हुन थालेपछी सुलेमानले प्वाँखको स्वरुप बिगारेको किबन्दती छ ।
सबैलाई छत्र छायाँ दिने यो पंक्षीको नामबाट आँधीको नामाकरण गरियो यसको एउटै कारण हो हुदहुदको प्वाँख झैं फैलिएको आँधी ।
No comments:
Write comments