top_rightads

Tuesday, October 14, 2014

लागुऔषधका कारण चिन्नै नसक्ने अबस्थामा पारस ...१० वर्ष जेल सजायँ हुन सक्ने

 

२८ असोज, काठमाडौं । पूर्वयुवराज पारस शाह लागुऔषधका अम्मलीमात्रै नभई ओसार पसारमा समेत संलग्न रहेको दाबी थाइल्याण्डको प्रहरीले गरेको छ । यस्तो अभियोगमा उनलाई १० वर्ष कैद सजायँ हुन सक्ने बताइएको छ ।
पारसका साथबाट लागुऔषध गाँजाको पार्सल समेत फेला परेपछि उनी लागुऔषधका अम्मलीमात्रै नभएर ओसारपसारमा समेत संलग्न रहेको थाई प्रहरीले नेपाली दूतावासका अधिकारीहरुलाई जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार थाई प्रहरीको दाबी उधतृ गर्दै नेपाली दूतावासले मन्त्रालयलाई पारसको पछिल्लो अवस्था र उनीमाथिको अभियोगका बारेमा जानकारी पठाएको छ ।
पारस यसपटक निकै कठीनखाले मुद्दामा परेकाले तत्काल छुट्ने सम्भावना नरहेको मन्त्रालयका ती अधिकारीले अनलाइनखबरलाई बताए । यो जानकारी मन्त्रालयका अधिकारीहरुले पूर्वराजपरिवारलाई पनि गराइसकेको स्रोतले जनाएको छ ।
पारसको साथबाट बरामद भएको पार्सलमा मेथाम्फेटामिन र मारिजुवयना (गाँजा) नामका दुई अलग-अलग पोका लागुऔषध बरामद भएको जानकारी त्यहाँको प्रहरीले बैंककस्थित नेपाली दूतावासलाई गराएको छ ।
मारिजुयना भन्दा मेथाम्फेटामिन कडा लागुऔषध भएकाले उनीविरुद्ध कडा कानुनी कारवाही हुने स्रोतले जनाएको छ ।
पारस यअघि पनि दुईपटक बैंककमै लागु औषध प्रकरणमा पक्राउ परिसकेका छन् । यसअघि उनी मारिजुयना नामक लागु औषधसहित पक्राउ परेका थिए ।
शाहको कानुनी लडाइमा सघाउन र उनलाई छुटाउनका लागि आइतवारमात्र पूर्वराजपरिवारले उनका पूर्वस्वकीय सचिव राजेश सिंहलाई बैंकक पठाएको थियो । उनी जानुअघि नै हुण्डीमार्फत ७ लाख थाई भाट रकम पनि पठाइएको स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका अनुसार थाई कानुनअनुसार पारस शाह विरुद्ध त्यहाँको अदालतमा लागु औषध नियन्त्रण ऐनअनुसार पहिलो श्रेणीको मुद्दा दायर हुँदैछ ।
यदि यो अभियोग पुष्टि भएमा उनले दश वर्ष जेल सजायँ वा दुई लाख थाई भाटसम्मको जरिवाना तिर्नुपर्नेछ । उनलाई कैद र जरिवाना दुबै सजायँ पनि हुन सक्ने स्रोतले जनाएको छ ।
शाह दुई वर्षअघि मारिजुयना नामक लागु औषधसहित पहिलोपटक समातिँदा उनलाई पुनस्र्थापना केन्द्रमा पठाउने निर्णय भएको थियो ।
दोस्रोपटक यसै वर्षको शुरुमा समातिँदा उनी धरौटीमा छुटेका थिए । तर, यसपटक धरौटीमा छुट्ने सम्भावना कम रहेको स्रोतले जनायो ।

No comments:
Write comments