top_rightads

Tuesday, October 14, 2014

महासचिव महराका छोरा समातिए

 

२८ असोज, दाङ । करेन्ट लगाएर माछा मार्ने क्रममा दाङ देउखुरीमा एक युवकको मृत्यु भएपछि एमाओवादी महासचिव कृष्णबहादुर महराका छोरासहित ६ जनालाई प्रहरीले पक्राऊ गरेको छ ।
लमहीको अर्जुनखोलामा जेनेरेटरबाट करेन्ट लगाएर माछा मार्नेक्रममा आफैलाई करेन्ट लागेपछि चैलाही-३ कुलमोड निवासी ४२ वर्षीय प्रेमबहादुर पुनको मृत्यु भएको हो ।
माछा मार्न गएका ९ जनामध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा एमाओवादी नेता कृष्णबहादुर महराका छोरा निर्मल महरा र सरकारी वकिल कार्यालयका कर्मचारी श्रीधर अधिकारीसमेत छन् ।
स्थानीय गणेश गिरी, ईश्वर जीएम, ईखबहादुर जिएम र गौरवबहादुर ग्वाङमगरसमेत पक्राउ परेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । माछा मार्ने कार्यमा संलग्न अरु दुईजना भने फरार छन् ।
खोलामा करेन्ट लगाएर माछा मार्नु गैरकानुनी मानिन्छ । पक्राउ परेकाहरु दोषी देखिए जलचर संरक्षण ऐन २०१७ को दफा ११ अनुसार ५ हजार रुपैयाँसम्म जरिवाना हुने प्रहरीले जनाएको छ ।

No comments:
Write comments