top_rightads

Tuesday, October 14, 2014

शाहरुख खानको भुमिका दोहोरो

 

मुम्बई । शाहरुख खानको प्रदर्शन हुन बाँकी फिल्म ‘फ्यान’को कथा सार्वजनिक भएको छ । केही भारतीय सञ्चारमाध्यमले यस फिल्ममा शाहरुख दोहोरो भुमिकामा रहेको उल्लेख गरेका छन् । तर, यस विषयमा अभिनेता खानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।
१५ वर्ष अघि ‘डुब्लीकेट’ मा दोहोरो भुमिकामा देखिएका खान अर्को फिल्म ‘डन’ मा पनि दोहोरो भुमिकामा थिए । फ्यानको रिलिज कहिले हुने भन्नेमा अहिलेसम्म टुंगो लागेको छैन ।
विभिन्न एजेन्सीहरुले उल्लेख गरे अनुसार यस फिल्ममा अभिनेता खानले आफ्नै चरित्र निर्वाह गरेका छन् भने फ्यानको भुमिकामा पनि उनि आफै छन् ।
फिल्मको सुरुवात उनको बंगला ‘मन्नत’वाट सुरु हुन्छ । जहा उनका प्रसंसकहरुले हरेक वर्ष उनीसँगै जन्मदिन मनाउछन् ।

No comments:
Write comments