चीनको गुवाङग्यान प्रान्तमा बस्ने ८५ वर्षीय वृद्धा ज्याङ बाथरुममा आफ्नो नक्कली दाँत सफा गर्दै थिइन् । सफा गर्दा गर्दै उनको दाँत ट्वाइलेट सिटभित्र खस्न पुग्यो ।
उनलाई अव के गरौं के गरौं जस्तो भयो र साइफन भित्र हात हालिन् । तर दुर्भाग्यबस उनको दाँत भेटिनुको साटो हात नै त्यहीभित्र अड्कियो ।
परिवारका सदस्य नभएको समयमा वृद्धाको हात ट्वाइलेटमा अड्किएपछि उनी फसादमा परिन् । ४ घण्टा सम्म ट्वाइलेटमै हात अड्कियो उनको ।
चार घण्टा पछि जव परिवारका सदस्य घर आए हजुरआमा त हात ट्वाइलेटमा हालेर त्यही बसिरहेकी पाए । हतार हतार अग्नि यन्त्रकलाई बोलाए । ट्वाइलेटको सिट नै टुटाएपछि मात्र वृद्धाको हात निस्कियो ।
वृद्धाको अवस्था भने ठिक छ ।
एजेन्सी ।
No comments:
Write comments