top_rightads

Tuesday, October 14, 2014

देशभर सुरक्षाको निम्ति सिसिटिभीको जडान हुन्छः गृहमन्त्री

 

काठमाडौँ, असोज २८– उपप्रधानमन्त्री वामदेव गौतमले विद्यमान सुरक्षा चुनौतीलाई सामना गर्न सबै सुरक्षा निकायबीच समन्वय गरेर गृह मन्त्रालयले काम गरिरहेको बताएका छन् । व्यवस्थापिका–संसद्मा आज सांसद्का प्रश्नका जवाफ दिँदै गृहमन्त्री गौतमले सुरक्षा निकायमा स्रोत साधनको कमी भए तापनि प्राप्त स्रोतसाधनको अधिकतम उपयोग गर्दै मुलुकको समग्र शान्तिसुरक्षाको स्थिति बलियो बनाउन सरकार कटिबद्ध रहेको बताए । काठमाडौँ उपत्यकालगायत सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्रमा सिसिटिभीको जडान गरिने, विपद् व्यवस्थापनका लागि छुट्टै विधेयक ल्याइने, सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलापलगायत अवैध कारोबार नियन्त्रणमा विशेष ध्यान पु¥याइने उनले बताए । कारागारलाई सुधारगृहका रुपमा रुपान्तरण गराउने कामको थालनी भइसकेको बताउँदै उनले प्रहरीबाट सुरु गरिएको ‘मुस्कानसहितको सेवा’को अवधारणाबाट नागरिकमा प्रहरीप्रतिको सोचाइ र हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आएको जिकिर गरे । नेपाल–भारतबीचका सीमास्तम्भ सन् १८६० देखि नै हराउने क्रम सुरु भएको जानकारी दिँदै उनले सीमास्तम्भ हराउँदा दुवै मुलुकलाई अप्ठेरो पर्ने हुँदा यस विषयलाई एकपक्षीय ढङ्गबाट अन्यथा हुने किसिमले लिन नहुने तर्क प्रस्तुत गरे ।

No comments:
Write comments