Wednesday, November 26, 2014
प्रेम बानियाँका आँखा रसाए : भावुक शैलीमा फेसबूकमा निष्कलंक रहेको स्टाटस तपाईं आफैं हेर्नुहोस्
१० मङ्सिर, काठमाडौं ।
पत्रकार प्रेम बानियाँ विवादमा तानिएका छन् । जनआस्था साप्ताहिकमा उनले प्रहरीलाई दुर्व्यवहार गरेको भन्दै समाचार प्रकाशित गरेपछि उनको विषयमा टिका टिप्पणी भएको छ । उनले भने समाचारको खण्डन गर्दै फेसबुक स्ट्याटस लेखेका छन् ।
के थियो समाचार ?
जनआस्था साप्ताहिकमा छापिएको समाचारः
पहिले सिन्धुपाल्चोक बसिसकेका चितवनका एसपी सहकुल थापाले सम्झाउन खोजे, ‘भाइ तपाईं सार्वजनिक रुपमा परिचित, स्क्रिनमा देखिएको, सबैले चिनेको मान्छे । यसरी अति नै पिएर हो–हल्ला गर्दा राम्रो देखिन्न, सुहाउँदैन ।’
काठमाण्डुबाट एउटी नायिकासँगै भरतपुर गार्डेन रिसोर्टको उदघाटन डिनर खान चितवन पुगेका पावर न्यूजवाला पत्रकार प्रेम बानियाँले ‘म आईजीसँग बसेर रक्सी आने मान्छे । तँ को होस्, मलाई सम्झाउने । डिस्टर्व गर्ने ? कति खानुपर्छ भनेर सिकाउने ?’ उनले थापाको फुली समातेर तान्दै भने, ‘तेरो के हैसियत छ ?’
प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एलडिओसँग बसेर डिनर खाइरहेका सहकुल निरीह देखिए । कसैले बोल्ने आँट गरेनन् । मंसिर १ गतेको साँझ त्यहाँ बानियाँको राज चल्यो ।
भरतपुरका ५० जना व्यापारी मिलेर १७ करोड लगानीमा त्यो रिसोर्टमा मात्र होइन प्रेमले हाइटी जाँदा क्याप्टेन बुद्ध थेबेलाई समेत यसरी नै रक्सीले मातेका बेला यौन दुव्र्यवहार गरेका थिए ।
उनलाई त्यसबेला पेस्तोल निकालेर गोली ठोक्नै लागिएको थियो । धन्न बाँचेर आए । पछिल्लो घटनाप्रति आपत्ति जनाउँदै उजुरी आएपछि पत्रकार महासंघ र प्रेस काउन्सिलले पत्रकार आचारसंहितामाथि पुनरावलोकन गर्ने भएको छ ।एजेन्सी
No comments:
Write comments