घरमा बच्चाको आगमन अभिभावक र घरका सदस्यहरुका लागि सधैँ महत्वपूर्ण र अमूल्य हुने गर्दछ । अझ सबैभन्दा विशेष त त्यो पल हुन्छ जब एक श्रीमानले गर्भवती श्रीमतीको रेखदेखमा आफ्नो पूरै समय खर्चिन्छन् । एक विवाहित महिला गर्भवती भएको समाचार परिवारका लागि सधैँ सुखद हुने गर्दछ । भिडियोमा देखाइएका यी पुरुषलाई त्यतिबेला औधी खुसी लाग्यो जब उनले आफ्नी श्रीमतीको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा पाए । उनी अझ खुसी त्यतिबेला भए जब ती जुम्ल्याहा बच्चा चल्न र चटपटाउन थाले । बच्चा चलेको अवस्थालाई अझ स्मरणीय बनाउनका लागि ती महिलाले बच्चा चलेको भिडियो नै बनाउने सोच बनाइन् । यद्यपी यी दुबैले अन्तिम भिडियो यस्तो होला भनेर सपनामा पनि सोचेका थिएनन् । उक्त भिडियोमा जुम्ल्याहा बच्चा अचानक चल्न थालेपछि बुवाको प्रतिक्रिया पनि देखाइएको छ । साना–साना भिडियो बनाइसकेपछि ती बुवाले यी सबैलाई जम्मा गरेर एउटा लामो भिडियो बनाउने सोच बनाए । अन्तिम भिडियो यति राम्रो बन्यो कि उनले यसलाई इन्टरनेटमा नराखी बस्न सकेनन् जुन अहिले तपाईंमाझ राखिएको छ । यो भिडियोलाई आमाको दृष्टिकोणबाट पनि खिचिएको छ । (एजेन्सी)
www.ratopati.com
No comments:
Write comments