Wednesday, November 19, 2014
फेरी पोखिन् केकी अधिकारीले फेसबूकमा कारुणिक पिडा
३ मङ्सिर, काठमाडौं । बैंकले पिताको घर लिलामी गर्ने चेतावनी सहित सूचना निकालेपछि तनावमा रहेकी नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीले आफ्नो मनको पीडा फेसबुकमा पोखेकी छिन् । केकीले समस्याले आफू विलचित नभएको भन्दै आफ्ना शुभचिन्तकहरुको मायाँ सँधै पाउने विश्वास ब्यक्त गरेकी छिन् ।
उनले फेसबुकेमा लेखेकी छिन 'जीवनमा आईपर्ने साना ठूला कठिनाईहरुले म र मेरो परिवारलाई कहिल्यै विचलित बनाउने छैन। मेरो स्थानमा अरू जो कोहि नै भएपनि, यस्तो परिस्थितिमा उक्त व्यक्तिले निर्वाह गर्ने भूमिका मेरो भन्दा भिन्न हुन्छ जस्तो पनि लाग्दैन। र जस्तोसुकै अवस्थामा पनि मेरो बुवा र आमा नै मेरो प्रेरणा का स्रोतहरु हुन्। रहनेछन्।'
त्यसैगरी उनले ' जीवनमा कमाएको सबैभन्दा मूल्यवान सम्पति नै तपाँईहरुको माया र आशीष हुन्। कलाकारको रुपमा यो भन्दा बढि अमूल्य अरु के नै हुनसक्छ र? तपाँईहरूको माया र आशीष सदैव कायम रहने छ भन्ने बिश्वास लिएकि छु।' समेत लेखेकी छिन् । मंगलबार मात्र सिभिल बैंकले मंगलबार एक दैनिक पत्रिकामा अधिकारी दम्पतिको घर लिलाम गर्ने चेतावनी सहित सूचना प्रकाशित गरेपछि उनीहरु संकटमा परेका हुन् । बैंकले उनीहरुलाई ३५ दिने भित्र ऋण चुक्ता गर्न समयसीमा दिँदै अन्यथा घर लिलामी गर्ने चेतावनी दिएको छ । बाबु आमाको नाममा रहेको उक्त ऋण लिने प्रक्रियामा केकी साक्षी बसेको पनि सूचनाबाट खुल्छ ।
www.nepaliheadlines.com/2014-11-19-12-23-33.html#sthash.JWFINJB5.dpuf
Similar Posts
About Admin
Author Description here.. Nulla sagittis convallis. Curabitur consequat. Quisque metus enim, venenatis fermentum, mollis in, porta et, nibh. Duis vulputate elit in elit. Mauris dictum libero id justo.
No comments:
Write comments