top_rightads

Thursday, November 6, 2014

धावनमार्गमै विमानसँग भैंसी ठोक्कियो

 


एजेन्सी । एउटा प्लेन उड्ने अन्तिम तयारीका साथ धावन मार्गतर्फ लाग्छ । प्लेनले गति समात्नै के लागेको हुन्छ, त्यहाँ अजंगको भैंसी दौडइरहेको हुन्छ ।
लाग्छ, भैंसी पनि उडानको अन्तिम तरखरमा छ । प्लेनका पाइलट डराउँछन् । ब्रेक नै लगाउन नसक्ने अवस्थामा गति लिन थालिसकेको प्लेन एयरपोर्टमै भैंसीसँगको जुधाईमा विष्फोटको अवस्थामा पुग्नै लाग्दा पाइलटले के नै गर्न सक्छन् र ।
airplaneझन्डै दुर्घटनामा परेको एउटा विमानको कहानी हो यो । भारतको सुरत एयरपोर्टमा बिहीबार मध्यराति भएको यो घटना हो । सुरत एपरपोर्टमा उडान भर्न लागेको स्पाइस जेटमा रहेका सयौं पात्रिको झन्डै गएको ज्यान पाइलटको सावधानीले बचेको छ ।
स्पाइस जेटको फ्लाइट नम्बर एसजी–६२२ सुरत एयरपोर्टबाट दिल्ली जाँदै थियो । अचानक धावनमार्गमा तीन वटा भैंसी पुगे र प्लेनको इन्जीन भएको ठाउँमा धक्का दिन थाले ।
भैंसीको धक्काबाट प्लेनको इन्जीनमा खराबी समेत आयो र उडान चार घन्टा ढीलो भयो । अति सुरक्षीत मानिएको यो विमानस्थलको सुरक्षमा सयौं सुरक्षाकर्मी परिचालित छन् ।
तीन तीन वटा भैंसी एयरपोर्टमा छिर्दा उनीहरुले के हेरिरहेका थिए, यो भने अचम्मको विषय बनेको छ ।


No comments:
Write comments