काठमाडौं । सफल वैवाहिक जीवनका लागि केही मानिसहरु केटी मान्छेको भर्जिनिटीलाई महत्वपूर्ण मान्छन् । तर मेडिकल विशेषज्ञहरु विवाह अघि नै गरेको सेक्सले विवाहपछिको सम्बन्धमा कुनै असर गर्दैन ।
सदियौदेखि महिलाको भर्जिनिटी उसको इज्जतसँग जोड्ने गरिएको छ । आज मानिसहरु चन्द्रमा र मंगल ग्रहमा पुगिसकेका छन् तर पनि महिलाको भर्जिनिटीका बारेमा संकुचित विचार राख्छौं ।
अहिलेसम्म पनि कुनै पनि पुरुषले विवाहपछि महिलाको भर्जिनिटी कसरी जाँच्ने भन्ने बारेमा सोधेका छैनन् । गाइनोलोजिस्ट र सेक्स काउन्सलरहरुले कसैले पनि महिलाको भर्जिनिटी कसरी थाहा पाउने भनेर सोधेमा दिने यकिन उत्तर पनि छैन ।
अधिकांश पुरुषहरु महिलासँगको यौन सम्बन्धपश्चात रगत बग्यो भने भर्जिन भएको भन्ठान्छन् तर यो सही होइन । मानिसहरुको आम धाराणा पहिलो पटक रगत बग्दा भर्जिनिटी तोडिन्छ भन्ने भएपनि केही महिलाहरुको त्यसभन्दा अघि नै विभिन्न शारीरिक कामकै क्रममा भर्जिनिटी तोडि सकिएको हुन्छ ।
विवाहपछि हुने यौन सम्बन्धका समयमा रगत नबगेमा ऊ भर्जिन होइन भन्न मिल्दैन र यसैका कारण विवाह पछिको सम्बन्ध नराम्रो बनाउनुपर्ने कुनै कारण छैन । एजेन्सी
No comments:
Write comments