top_rightads

Showing posts with label मनोरंजन. Show all posts
Showing posts with label मनोरंजन. Show all posts

Wednesday, December 10, 2014

योवर्ष पनि लगन नजुरेका नायिकाहरु..

खासमा यो महिनालाई बिहेको मौसमका रुपमा बुझिन्छ । मंसिर सकिनै लागेको छ । उमेर पुगेर पनि अविवाहित रहेका नायिकाहरुको च्यानाकुटी च्यानाकुटी झ्याइँ यसपालि देख्न नपाइने लगभग पक्का भएको छ ।

हुन त बिहे गर्न मंसिरै कुर्नुपर्छ भन्ने छैन । मन,परिस्थिती मिले जति नै उमेर घर्किए पनि जुनसुकै महिनामा पनि बिहे हुन्छ । आधा शताब्दी उमेर खाएपछि राजेश हमालले गत जेठमा बिहे गरे ।

बैशाखमा आर्यन सिग्देलले सपना भण्डारीको सिउँदो रंगाए । हमालकै उमेर हाराहारीमा मिथिला शर्माले गत असारमा पूर्वप्रहरी प्रमुख मोतीलाल बोहोराको सिन्दुरले सिउँदो रंगाइन् ।

अविवाहित हिरोइनहरु पनि अचेल अभिनेता हमाल र अभिनेत्री शर्माको उमेर बिहेको कुरा गरेर आफ्नो बिहेबारे पन्छन खोज्छन् ।

sushma-karki-two-piece



‘बिहे गर्न केको हतार ?’ नायिका नन्दिता केसी भन्छिन्,‘हमाल दाइ,मिथिला दिदीले त हतार गर्नुभएन । म त सानै छु ।’

नन्दिता बलिउड सुपरस्टार शाहरुख खानझैं बेहुलोको पर्खाइमा छिन् रे । ‘मेरो सपनाको राजकुमार शाहरुखजस्तो हुनुपर्छ’ नन्दिता भन्छिन्,‘तर मैले अहिलेसम्म मेरो सपनाको राजकुमार भेटेको छैन । त्यही भएर त बिहे नगरेकी ।’



नायिका सुष्मा कार्की पनि अविवाहित छिन् । पहिला लामो समय सुदर्शन थापाको प्रेममा रहेकी उनी ब्रेकअपपछि नरेन शाहीको प्रेममा परिन् । कुरा बिहेसम्म पुग्दा नपुग्दै नरेनसँग उनको ब्रेकअप भयो ।

हाल सिंगल रहेकी सुष्माले बिहेबारे सोचेकी छैनन् रे । ‘खै कहिले गर्छु बिहे,थाह छैन’,उनी भन्छिन्,‘लगन आएपछि आफैं हुन्छ । किन आत्तिनु ?’




अविवाहित नायिकामा पर्छिन् नीता ढुंगाना । तर उनले आफू र नवअभिनेता अमेश भण्डारी गहिरो प्रेममा रहेको सार्वजनिक गरिसकेकी छन् ।

बिहे भने अर्को वर्ष धुमधामसँग गर्ने रे । अनु शाह पनि अविवाहित छिन् । घरबाट बिहे गर्न दबाब आउने गरेको भए पनि आफूले खोजेकोजस्तो जीवनसाथी नभेटाएकाले सिंगल रहेको दाबी उनको छ ।

गरिमा पन्त भने बिहेभन्दा करिअरमा केन्द्रीत भएको बताउँछिन् । नेपालि हेडलाईन बाट साभार

महिलालाई ‘म्याक्सी’ र ‘नाइटी’ लगाउन नदिएपछि बबाल…

एजेन्सी । भारतको महाराष्ट्रको एक गाउँका महिलालाई नाईटी लगाउन निषेध गरिएको छ । प्रहरीका अनुसार रातमा महिलाले यस्ता कपडा लगाएमा ५ सय रुपैया जरिवाना गर्न सकिने थियो ।
गाउँको एक स्थानीय समूह प्रहरीको आदेश अनुसार रातमा महिलाले यस्ता कपडा लगाएमा ५ सय रुपैया जरिवाना गर्न सकिने थियो । गाउँको एक स्थानीय समूह ‘इन्द्रायणी महिला मण्डल’ का अनुसार बलात्कार जस्ता घटना रोक्नका लागि यस्तो आदेश जारी गरिएको थियो ।


इण्डियन एक्सप्रेसका अनुसार समूहकी एक महिला सदस्यले घर बाहिर यस्ता कपडा लगाएका कारण अपराध बढिरहेको छ । उनले हालका दिनहरुमा म्याक्सी या नाईटी लगाउने प्रचलन बढेको छ ।
यस्ता कपडा घरबाहिर लगाउदा भद्दा देखिन्छ । महिला मण्डलले आइतबार गाउँको सूचना बोर्डमा यस्तो आदेश टाँसेको थियो । सूचनामा गाउँका महिलाले यस्ता कपडा लगाएर गाउँ घुमेमा ५ सय जरिवाना गरिने उल्लेख थियो ।
यस्तो आदेशको केही महिलाहरुले बिरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले भने कुनै महिलालाई यस्तो आदेश दिने अधिकार कसैलाई नभएको भन्दै हस्तक्षेप गरेको हो । त्यसपछि उक्त सूचना हटाइएको छ ।

Monday, December 8, 2014

विवाह अगाडी नै गर्भवती भए यी हट नायिकाहरु (फोटो फिचर)

हुन त फिल्मी दुनियामा तत्काल विहे र तत्काल डिभोर्स सामान्य कुरा नै भैसकेको छ । डिभोर्स भन्दा पनि विवाह तत्काल हुने गरेको छ ।
यसको कारण यो पनि होकी नायिकाहरु विहे भन्दा पहिले नै गर्भवती बन्नु । हामी तपाईंलाई यस्तै नायिकाहरुका बारेमा जानकारी दिदै छौं कि, जो विहे भन्दा पहिले नै गर्भवती भएका थिए ।
अमृता अरोडाः
amrita-arora_4

अमृता अरोडाः अमृता अरोडाको व्यापारी शकील लदकसाग लभ परेको थियो । त्यस बेला उनी गर्भवती भइन् । उनीहरु दुवैले विना अलमल विहेको फैसला गरे । हतार हतार विहे गरेका उनीहरुले केहि समयमै बच्चा जन्माए


श्रीदेवीः
sridevi_1

श्रीदेवीः श्रीदेवी यस्ती नायीका हुन्, जस्ले आफु विहे भन्दा पहिले नै गर्भवती भएको खुलासा गरेकी थिइन् । उनको निर्माता बोनी कपुरसँग सम्बन्ध राखेकी थिइन्, विहे गरेको केहि महिनामै उनले छोरी जन्माइन ।
सारिकाः
sarika_2

सारिकाः सारिका अभिनेता कमल हसनका साथ सम्बन्धमा रहिन् । कमलले आफ्नी श्रीमती वाणीसँग सम्बन्ध विच्छेद गरिसकेका थिए । सारिकाले विहे भन्दा पहिले नै छोरी श्रुतीको जन्म भैसकेको थियो ।
कोकण सेन शर्माः
konkana_3

कोकण सेन शर्माः कोकण सेन शर्माले अभिनेता रणवीर शैरीसँग डेटीङ सुरु गरेकी थिइन् । सन् २०१० मा उनीहरुले अचानक विवाह गरे । विहेको ५ महिना नबित्दै घोर्ले छोरो जन्माइन् ।
सेलिना जेटलीः
celina_5


सेलिना जेटलीः सेलिना जेटलीले पनि व्यापारी पीटर हागसँग दुवइमा गुपचुप विहे गरिन् । उनी विहेपहिल्यै गर्भवती भैसकेकी थिइन् । उनले विहे गरेको सात महिना नवित्दै जुम्ल्याहा सन्तान जन्माइन् ।
अनुष्का शंकरः
anushka-shanka-6

अनुष्का शंकरः प्रसिद्ध सितारबादक अनुष्का शंकर वेलायती फिल्म निर्माता जो राइटसँगको डेटिङका क्रममा गर्भवती भएकी थिइन् । जव उनलाई आफु गर्भवती भएको थाहा भयो, उनले तत्काल विहे गरिन् । विहे गरेको ८ महिनामा उनले पनि बच्चा जन्माइन् । एजेन्सी

अमेरिकी राष्ट्रपति ओबामाको प्रेमकहानी अब चलचित्रमा



अमेरिकी राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिचेल ओबामाको प्रेम कहानीका आधारित चलचित्र बन्ने भएको छ ।
होमग्रोन पिक्चर्सले निर्माण गर्न लागेको चलचित्रको नाम ‘साउथसाइड विद यू’ रहनेछ । चलचित्रमा सन् १९८९ मा शिकागो साउथ साइडमा चलेको डेटिंगका बेला ओबामाले मिचेललाई आफ्नो प्रेममा पारेको प्रभाव चलचित्रमा देखाइने निर्माताले जनाएका छन् ।
टीका सम्पटर मिचेलको भूमिकामा र ओबामाको भूमिका निभाउने कलाकारको खोजी भएरहेको छ । ओबामा र मिचेलको तीन वर्षे प्रेमपछि सन् १९९२ मा विवाह भएको थियो ।
रिचर्ड टैनले निर्देशन गर्ने चलचित्रको पटकथा पनि उनैले लेखेका हुन् । चलचित्रको छायाकंन आउदो जुलाइबाट सुरु हुनेछ । एउटा सफल र जोडदार प्रेम कहानीको उजागर गर्न सो चलचित्र बनाउन लागेको निर्माताले प्रष्ट पारेका छन् ।
एजेन्सी

Sunday, December 7, 2014

होशियार ! गर्ल फ्रेन्ड भेट्ने एस . एम . एस . आयो

२२ मंसिर, काठमाडौं । “आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ? अहिले फोन गर्नुहोस्”
“साँचो मित्रताले तपाईलाई पर्खिरहेको छ !” “+२४३१३३०९८९ मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ?”
तपाइको मोबाइलमा नचिनेका नम्बरबाट यस्ता एसएमएस आउने गरेका छन् ? तुरुन्तै डिलिट गर्नुहोस् । किनकि ती एसएमएसमा भाइरस समेत हुनसक्छन् । जसले मोबाइलको डाटा चोर्ने, नष्ट गर्ने, ह्याङ्ग गराउने मात्र नभई साधारण कल गर्दा पनि धेरै पैसा उठ्न सक्छ । यस्ता सन्देशहरु राखेर आएको एसएमएस ठगहरुले पठाएको नेपाल टेलिकमले वताएको छ ।

केही समययता मोबाइलमा समेत इमेलमा जस्तै स्पाम (हानिकारक) एसएमएस आउन थालेका छन् । यस्ता एसएसएसबाट नेपाल टेलिकम र एनसेलका उपभोक्ता हैरानीमा परेका छन् । मोबाइल उपभोक्ताहरुमा प्रायजसोः “मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ? आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ ? अहिले फोन गर्नुहोस्, साँचो मित्रताले तपाईंलाई पखिर्रहेको छ, आफ्नो बाँकी मनलाई भेट्नुहोस्, अरुहरुलाई तपाईंसँग भेट्ने एक मौका दिनुहोस्” जस्ता एकै प्रकारका एसएमएस आउने गरेको गोरखापत्रमा खबर छ ।
बानेश्वर बस्दै आएका निश्छल पोख्रेलले मोबाइलमा नचाहिदाँ म्यासेज आउने गरेको बताउनुहुन्छ । एक साता अघि उहाँको एनटीसीको मोबाइल नम्बरमा, “मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ? एसएमएस आयो । “पहिला त मलाई लाग्यो कुनै साथीले मजाक गरेको होला । तर त्यो नम्बरमा कल गर्दा कल लागेन तर मेरो मोबाइलबाट दश रुपियाँ काटियो । पछि थाहा भयो मेरा साथीहरुलाई पनि यस्तो एसएम आएको रहेछ, यो त स्पाम पो रहेछ” उहाँले आफू स्पाम एसएमएसबाट ठगिएको अनुभव सुनाउनुभयो ।
“मोबाइल स्पाम एसएमएस चलाउनु हुँदैन । यस्ता एसएमएस आएमा तुरुन्तै डिलिट गर्नुहोस् । यसलाई रोक्ने बारेमा दुरसञ्चार प्राधिकरणसँग छलफल भैरहेको छ”– महानगरीय अपराध महाशाखा हनुमानढोका साइबर सेलका प्रमुख प्रहरी निरीक्षक पशुपति रायले भन्नुभयो ।
यस्ता एसएमएसमा मालवेयर, ट्रोजन भाइरस आउने गरेका छन् । जसले मोबाइलको डाटा नष्ट गर्ने, साधारण कल गर्दा पनि धेरै पैसा उठ्ने । इन्टरनेटसँग जोडिएका फोन र विशेषगरी स्मार्ट फोनमा यस्ता एसएमएसले हानी गर्ने रायले बताउनुभयो ।
“नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुमा +२४३१३३०७६१ वा यस्तै नम्बरबाट विभिन्न प्रकारका एसएमएस आएको पाइएको छ । कम्पनीले यो फेक एसएमएस भएको जानकारी दिइसकेको छ । यो नेपाल टेलिकम तथा टेलिकमको भ्यालु एडेड सर्भिसको सेवासँग सम्बन्धित छैन । यो नम्बरमा झुक्किएर पनि कल नगर्नु होला । कम्पनी यस किसिमका फेक एसएमएस नियन्त्रणमा लागेको छ ।
यदि तपाइ वा तपाइको साथीको कुनै नम्बरमा यस्तो एसएमएस आएको छ भने एसएमएस आएको उक्त नम्बर हामीलाई यही पेजमा वा ntc.news@ntc.net.np मा मेल गरी जानकारी दिनुहुन अनुरोध छ । फेक एसएमएस आउने त्यस्ता नम्बरलाई बन्द गर्न सकिने ब्यवस्था गरिएको छ ।” टेलिकमले आफ्नो आधिकारीक फेसबुकमा उल्लेख गरेको छ ।

निशुल्क प्रेम सबन्ध गाँसिदिने दिने गुरु बा

प्रेम वा अंग्रेजी लभ शब्द गुगल वा विकिपेडियामा खोजियॊ भने आधा सेकेण्डमै डेढ अर्ब भन्दा बढी रिजल्टहरु देखापर्छन । पहिलो नम्बरमै लेखिको हुन्छ ‘लभ इज एन इमोसन अफ स्ट्रोङ्ग एफेक्सन एन्ड पस्रनल एटेचमेन्ट’ अर्थात ‘प्रेम बलियो आकर्षण र व्यक्तिगत तादात्म्यतताको भाव हो ।’ नेपाली शब्द कोषमा ‘एक व्यक्तिको अर्को व्यक्तिसंग स्वभाव गुण व्यवहार आदिले हुने आकर्षण’ भनेर प्रेमलाई परिभाषित गरिएको छ । भनिन्छ संसारमा सबै भन्दा बढी परिभाषा गरिएको शब्द प्रेम नै हो । विश्वास गर्नुस या नगर्नुस यी सबै परिभाषालाई फुलमान डगौराले भने उल्टाई पल्टाई दिएका छन ।



‘प्रेम यो हो त्यो हो यस्तो हो त्यस्तो हो । यी सब भन्ने कुरा मात्र हुन’ ५६ वर्षीय फुलमानले सुरुवातमै प्रतिप्रश्न गरे ‘को सँग प्रेम गर्न चाहनु हुन्छ म त्यहिसंग प्रेम
गराईदिन्छु । अनि प्रेमलाई के भन्नु हुन्छ ?’ हो, कन्चनपुरको पिपलाडी गाविस-५ जोनापुरीका यी बुढा ‘प्रेम’ गराउँछन । युवायुवतिलाई प्रेममा झुलाएर बिहेसम्म डोर् याइ दिन्छन । विज्ञानको युगमा पत्याउन गाह्रो लाग्ला तर उनले तन्त्रमन्त्र गरेर यी सब कुरा सहज बनाएका छन रे । त्यो पनि आजभोली मात्रै होईन ११ वर्षको उमेरदेखि यी सब काम गर्दै आएका छन निरन्तर । उनले प्रेम गराएका कयौ युवायुवति बिहे गरेर आमाबुवा हुदै बाजेबज्यै पनि बनिसकेका छन रे । आफूलाई प्राप्त ‘दैविक शक्ति’ले यी सब संभव बनेको उनको तर्क छ । पश्चिम तराई. पहाड र भारतका सर्वसाधारणको घुइचो लाग्छ उनको घरमा । उनलाई खाना खाने समेत फुस्रद हुदैन दिनदिनै ।

फुलमान ‘गुरुवा’ हुन । थारु समुदायमा हरेक वर्ष माघ महिनामा माघी पर्व मनाउदै गुरुवा र भलमन्सा चयन गरिन्छ । गुरुवाले उपचारको पाटो हेर्छ भने भलमन्साले व्यवस्थापन न्याय निसाफ हेर्ने गर्छ । भलमन्सा गाउँलेले पत्याएको जो पनि हुन सक्छ भने गुरुवा तन्त्रमन्त्र गर्ने ‘दैविक शक्ति’ प्राप्त गरेको मान्छे मात्रै हुन्छ । उनी पनि आफूलाई ‘दैविक शक्ती’ प्राप्त गरेकोले गुरुवा भएको बताउँछन । उनका बाजे मनबुझाउ चौधरी र बुवा भौना चौधरी पनि गुरुवा थिए । ‘मैले मेरो बुवाबाजेबाटै सिकेको हुँ’ उनी दैविक शक्ति भएको आधारहरु एक-एक गरी पेश गर्न थाले । जुन बेला फुलमान ११ वर्षको थिए उनका बुवाले मध्यराती श्मसान घाट लगे । उनलाई कहाँ जादैछु. भन्ने थाहा थिएन तर बुवाको पछि लागे खुरुखुर । ‘बुवाले हिड भन्नु भयो । उहाँको पछि पछि लागे’ ४५ वर्ष अघिको त्यो रात सम्झिदै उनी बोले ‘मान्छे पोल्ने ठाउँमै बस्नु भयो । म पनि त्यही बसे । बुवा मन्त्र भन्न थाल्नु भो मैले पनि भनिरहे ।’ त्यतिबेला उनलाई डर पनि लागेको थियो रे भुत आउँछकी भनेर ।

उमेर बढ्दै जादा मन्त्र सिक्दै गए उनी । विद्यालय थिएनन् सिक्ने भनेकै तन्त्रमन्त्र थिए । आपुनो नाम समेत लेख्न नसक्ने फूलमानले त्यतिबेला कति मन्त्र रटे उनलाई नै एकिन छैन । ‘कति हो कति कति भनौं ?’ उनी विस्तारै बोले ‘कति यादमा रहे कति बिसर्िए ।’ यतिबेला फुलमानसँग २२ मूलमन्त्र छन । एउटा मूलमन्त्रमा १३० मन्त्र हुन्छन । उनीसंग दुई हजार ८ सय ६० मन्त्र छन । एउटा मन्त्र कम्तिमा तीन सय शब्दको हुन्छ । बुवा बाजे रटाउदै उनी रट्दै गए यी सब तन्त्रमन्त्र । त्यही तन्त्रमन्त्र मनमनै बाचन गरेर ध्यानमा बस्दा दैविक शक्ति प्राप्त हुन्छ भन्छन उनी । तन्त्रमन्त्र पनि सबैले सिक्दैनन् र सिकाउदैनन् पनि गुरुवाले । ‘माछा, मासु, जाँड, रक्सी केही खानु हुदैन । झैझगडा, गाली, बेइज्जत गर्नु हुदैन’ शिष्यलाई झै गुरुवाले नियम सुनाए ‘सबै भन्दा गाह्रो कहिल्यै झुठो बोल्नु हुदैन ।’ बाल्यकालका ११ वर्ष छोडेर ५६ वर्षको उमेरसम्म दुई पटक झुठो बोलेका छैन् रे । दुबै पटक बिरामी परेको उनी सुनाउँछन । ‘पागल जस्तै भएको छु’ झुठो बोल्दाको परीणाम सम्झिदा उनी झस्किए ।

उनी के के गर्छन ? ‘रोग निको बनाउन सक्दिन अरु सबै निको पार्छु’ थालीमा चामल खेलाउदै बोले ‘सर्प, बिच्छी, किरा, फट्ङ्ग्राले टोकेको हातखुट्टा, टाउँको, पेट दुखेको, भूतपिचास लागेको सबै निको पार्छु ।’ चाइनीज समान खरिद गर्न गए जस्तो होइन, उनकोमा हरेक कुराको ग्यारेण्टी हुन्छ । निको पार्ने ग्यारेण्टी लिन्छन, नसक्ने सुरुवातमै सक्दिन भन्छन । ‘हेर्ने वितिक्कै थाहा पाइहाल्छु । नसक्ने भए, सक्दिन, अस्पताल लग्नुस भन्छु’ उनी बोले ।

माघको एक बिहान सितलहरको परवाह नगरी उनको आगनमा घुइचो लागेको थियो एक प्रकारका रोगीहरुको । भिडभाडमा छेलिएर गुरुवा भन्दैगए ‘सधै यस्तै हो, खाना खाने समेत फुस्रद हुदैन ।’ दैविक शक्ति रहेको विश्वास दिलाउन उनले एउटा उदाहरण पेश गरे छिमेकी जगनी चौधरीलाई बोलाएर । एक वर्ष अघि जगनी चौधरीलाई सर्पले टोकेको थियो रे । गुरुवा फुलमान घरमा थिएनन, जगनीलाई महेन्द्रनगरको महाकाली अाचल अस्पताल भर्ना गरियो । आठ दिन अस्पतालमा राखियो सन्चो लागेन । ‘अब जोगाउन सकिन्न’ आठौं दिन चिकित्सकहरुले मुखबाट फिँज निकालिरहेका जगनीलाई भने ‘बरु घर लग्छौं भने लग्नुस ।’ त्यसपछि गुरुवा फुलमानको पालो आयो । आगनमा राखेर मन्त्र जप्न थाले तीन घण्टापछि होस फर्कियो रे जगनीलाई ।

यो भन्दा पनि पत्याउन गाह्रो लाग्ने कुरा अर्को छ प्रेम । तपाईले रोजेको युवक/युवतिसंग प्रेम गराउन सक्छन उनी । प्रेम गराउने मात्रै होईन बिहे गराउनेसम्मको समेत ग्यारेण्टी हुन्छ उनकोमा । चार दर्जन भन्दा बढी जोडीमा प्रेम अंकुरण गराइसकेका छन उनले । ती सबै जोडीले बिहे पनि गरिसकेका छन रे । ‘५२-५३ होलान’ गम्दै गुरुवा बोले ‘सबैले बिहे गरेका छन ।’ प्रेम गराउनका लागि एउटा सर्त हुन्छ । उनी तन्त्रमन्त्र गरेर चामल, ल्वाँङ, सुकमेल वा यस्तै कुनै चिज दिन्छन । जससँग प्रेम गर्ने हो त्यसलाई उनले दिएको चिज खुवाउनु सक्नुपर्छ । ‘खुवायो की फस्यो’ मुस्कुराउदै बोले ।

युवक युवतिले भनेकै भरमा उनी प्रेम गराउदैनन । उनले अहिलेसम्म दुबै तर्फका आमाबुवाको सहमतिमा मात्रै यस्तो काम गरेका छन । बिहे गर्न मन्जुर नभएका केटाकेटीलाई दुबै तर्फका आमाबुवाको आग्रहमा प्रेम गराइ दिएका छन उनले । केटाकेटीलाई थाहै नदिई यस्तो गर्दा पाप गरे जस्तो लाग्दैन ? यो प्रश्नमा गुरुवाले अनुहार मलिन बनाए । ‘सबै कुरा हेर्छु, उनीहरुले दुःख पाउदैनन् भन्ने भएपछि मात्रै यस्तो गर्छु’ फुलमानले गम्भीर हुदै थपे ‘सुरुसुरुमा धेरै गरियो । पाप गर्दैछु कि जस्तो लागेपछि कम कम गर्दै गएको छु ।’ आमा बुवाले आपुना छोराछोरीको कुभलो नचिताउने भएकोले उनीहरुको आग्रहमा मात्रै यो काम गरिरहेको उनको तर्क छ ।

यति ठूलो काम गर्न कति पैसा लाग्ला ? चिन्ता नगर्नुस, यहाँ कुनै शुल्क लाग्दैन । यो उनको निशुल्क सेवा हो । ‘पैसा लिन मिल्दैन । पैसा लियो की दैविक शक्ति नासिन्छ’ बिना पैसा ग्यारेण्टीको काम गर्ने फुलमानले भने ‘खुसी भएकाहरु दिएर
जान्छ । यति उति दिनुस् भन्दिन । उनीबाट निःशुल्क सेवा लिन युवकहरुका लागि भने केही गाह्रै छ । किनकी गुरुवा थोरै नारीवादी छन । ‘केटाहरु फटाहा हुन्छन’ आफू केटो हुनुको अनुभव मिसाउदै फुलमान बोले ‘तिनी (केही केटा) हरुलाई पिटेर फर्काएको छु । बरु केटीहरुले भनेको मान्छु । प्रेम गराइदिन्छु ।’ उनलाई लाग्छ, केटा-केटीको सम्बन्ध बिगि्रयो भने समाजमा केटीलाई गाह्रो हुन्छ । त्यसैले प्रेमिकालाई छोडेर नयाँ प्रेमिका खोज्न हिड्ने प्रेमीलाई भने प्रेमिकाको आग्रहमा पुनः प्रेममा फर्काएका छन रे यो अवधिमा उनले । केटाहरुको आग्रहलाई भने मानेका छैनन अहिलेसम्म ।

एक दर्जन भन्दा बढी गाउँलेहरुलाई साक्षी राखेझै गरी अढाई घण्टा गफिदा पनि पत्याइहाल्न गाह्रै भो । गुरुवा नढाँटी भन्नुस् साँच्चै प्रेम गराउन सक्नु हुन्छ ? यो प्रश्नमा भने काँसाको थालिमा चामल खेलाउदै गरेका गुरुवा रिसाए । बालबालिकाले बाँजी थापे झै बोले ‘लौ बाबु, भन ! कुन केटीसंग भन्ने हो ? त्यही केटीसंग प्रेम गराइदिन्छु । प्रेम गराउन सकिन भने यो काम छोडिदिन्छु ।’ यो बेला उनीसंग कसिकसाऊ गर्ने कुरै भएन ।

यता त दुःख हुदैन भन्ने तपाईको जस्तो ग्यारेण्टी छैन नी ? थोरै जिस्काए, ‘केटानै परियो । दुःख भयो भने गुरुवालाई पाप लाग्ला ?’ उनको एकाएक रिस हरायो, खिस्स हाँसे । ‘अब भयो । मन्जुर भएपछि मात्रै कुरा गर्छु’ केटाकेटीले झै बुढी र चोर औलाले नाक समातेर थिचार्दै गुरुवा जुरुक्क उठेर हिडे । पर पुगेपछि फर्किहेर्दै हाँसो मिसाएर बोले ‘तोहार लिए, पाप साप भाडमे गईल bachubaby.wordpress.com