top_rightads

Sunday, August 31, 2014

यसरी चिन्नुहोस् आफ्नो ‘सोलमेट’

 



तपाईंले चाहेको जस्तै पार्टनर सायद तपाईंले भेट्टाउनु भएको छैन होला तर यदि तपाईंको पार्टनरको मन सफा छ भने उनलाई ‘सेलमेट’ बन्न समय लाग्दैन । तपाईंको सोलमेट तपाईंको श्रीमान् वा श्रीमती नै हुनुपर्छ भन्ने छैन । जो व्यक्ति तपाईंको जीवनमा निकै महत्वपूर्ण हुन्छ तर त्यो सम्बन्धको कुनै नाम हुँदैन त्यस्ता व्यक्तिहरु तपाईंको सोलमेट हुनसक्छन् । एक लाइफपार्टनर यदि तपाईंलाई प्रत्येक पल सहयोग गर्छन् र जिन्दगीभरी तपाईंको सुख, दुखमा साथ दिन्छन् भन त्यस्ता व्यक्ति नै तपाईंको सोलमेट हुनेछन् ।
सबै मानिसहरुका लागि मायाको अर्थ भिन्न हुन्छ तर मायाको आवश्यकता भने सबैलाई हुने गर्दछ । आफ्नो माया पाउनका लागि मानिसहरुले संसारभरीका मानिसहरुसँग लड्ने गर्दछन् । आउनुहोस् थाहा पाऔँ सेलमेटका दश गुणः

१.यसलाई शब्दमा वर्णन गर्न मुश्किल छः
सोलमेटको शाब्दिक अर्थ हो आत्माको साथी । यो सम्बन्धको केहि नाम हुँदैन । यसको आभाष तपाईंले मनबाट गर्नुहुनेछ । तपाईं दुईजना एकअर्काप्रति खुसी हुनुहुन्छ र धेरैभन्दा धेरै समय बिताउन चाहनुहुन्छ । तपाईंहरु एकअर्काप्रति भावनात्मक रुपमा जोडिएको हुनुहुन्छ ।
२. फ्ल्यासब्याकः
यदि तपाईंको पार्टनर नै तपाईंको सोलमेट हो भने तपाईंलाई पछिल्लो जीवनमा पनि उनको सहयोग र समर्थन भएको आभाष हुनसक्छ जसका कारण तपाईंहरु अहिलेपनि एक अर्काको साथमा हुनुहुन्छ ।
३. सोलमेट जो पनि हुनसक्छन्ः
तपाईंकी आमा अथवा तपाईंको सबैभन्दा मिल्ने साथी जसले तपाईंलाई तपाईंको हरेक कुरामा बुझेको होस्, त्यस्ता व्यक्तिहरु तपाईंको सेलमेट हुनसक्छन् । तपाईंहरुलाई एक अर्काको मन दुखाउन आउँदैन मात्र एक अर्कालाई माया गर्न आउँछ । तर यसो भन्दैमा तपाईंहरु बिच झगडा र कडा छलफल हुँदै हुँदैन भन्ने होइन । यति हुँदा हुँदै पनि तपाईंहरु सोलमेट नै हुनुहुनेछ ।
४. लडाइँ झगडापछि पनि सँगैः
कुनै पनि सम्बन्ध परफेक्ट हुँदैन । सबैमा उतार–चढाव आउने गर्दछ । सेलमेटहरु बिच पनि समस्या हुने गर्दछ तर लडाइँ झगडापछि पनि तपाईंहरुमा एक अर्काप्रति घृणा भाव कहिले पनि पैदा हुँदैन । तपाईंहरु एक अर्काको कुरा बुझ्नुहुन्छ ।
५. तपाईं उनलाई सबै कुरा बताउनुहुन्छः
तपाईंको कुनै पनि समस्या उनलाई बताउन हिच्किचाउनु हुन्न । उनी सँगको सम्बन्ध कहिलेकाँही तीतो भएपनि ती कुराहरुलाई बिर्सेर सँगै बस्न मनपराउनु हुन्छ ।
६. तपाईंहरु दुईजना संसारबाटै अलग हुनुहुनेछः
दिमागमा हरेक समय उनको बारेमा मात्र कुराहरु खेल्नु स्वभाविक मानिन्छ । यस्तो मायामा भएको बेलामा पनि हुने गर्दछ तर मायामा यस्तो आभाष केहि महिनाको लागि मात्र हुनेगर्दछ जबकि सोलमेटको साथमा यस्तो आभाष सधैँ रहने गर्दछ ।
७. तपाईं आफ्नो सेलमेटको दिमागबाट प्रभावित हुनुहुनेछः
तपाईं दुबैको बिच दिमागको कनेक्सन यति बलियो हुन्छ कि तपाईंहरु दुबै एकैपटक एकअर्कालाई कल गर्नका लागि फोन उठाउनुहुन्छ । यस्तो अवस्थालाई ‘सोलमेट ट्युनिङ’ भनिन्छ ।
८. तपाईं उनीसँग सुरक्षित महसुस गर्नुहुनेछः
तपाईं आफ्नो सोलमेट वा जीवनसाथीसँग भएको बेलामा सुरक्षित महसुस गर्नुहुन्छ । कुनै पनि प्रकारको डर मनमा भएमा तपाईं उनलाई आफ्नो साथ भएको महसुस गरेर मात्र पनि आरामदायी महसुस गर्नुहुनेछ ।
९. उनी बिना जीवनलाई कल्पना पनि गर्नसक्नुहुन्नः
तपाईं कहिले पनि आफ्नो सोलमेट बिना आफ्नो जीवनको कल्पना गर्नसक्नुहुन्न । सोच्न पनि सक्नुहुन्न कि यदि ती व्यक्ति तपाईंको साथमा छैनन् भने तपाईंको जीवन कस्तो हुन्छ भनेर । तपाईं कोसँग झगडा गर्नुहुन्छ र कसलाई आफ्नो सबैकुरा सेयर गर्नुहुन्छ ।
१०. तपाईंहरु दुईजना आँखाबाट कुराकानी गर्नुहुन्छः
तपाईंहरु एक अर्काको आँखामा हेरेर हरेक कुरा गर्नुहुन्छ । तपाईंहरु दुईजनालाई सिर्फ तपाईंको साथ मात्र काफी हुन्छ, तपाईंलाई शब्दको आवश्यक पर्दैन । तपाईंको मौनता पनि तपाईंको सोलमेटलाई कारणसहित थाहा हुने गर्दछ ।
.ratopati.com

No comments:
Write comments