top_rightads

Sunday, August 31, 2014

प्रेमीले घरजम गरिसकेको थाहा पाउँदा नाडी काटेर आत्महत्या प्रयास

 

  विवाहको आश्वासन दिएका प्रेमीले पहिले नै घरजम बसाइसकेको खबर सहन नसकी एक महिलाले आइतबार आत्महत्या प्रयास गरेकी छिन् ।
भोजपुर जिल्ला घर भई हाल धोबिघाट ललितपुर बस्ने वर्ष २७ कि प्रमिला राईले ब्लेडको प्रयोग गरि बायाँ नाडी काटेर आत्महत्या प्रयास गरेकी हुन् ।
विवाह गर्ने आश्वासन दिएका प्रेमी राम राईसँग उनी विगत चार महिनादेखि सँगै बस्दै आएकी छिन् । प्रेमी रामले नै उनलाई मेघा हस्पिटलसम्म ल्याएका हुन् जहाँ उनको उपचार भइरहेको छ । उनको घाउमा सातवटा टाँका लगाएको मेघा हस्पिटलले जनाकारी दिएको छ ।
घटनाको सत्यतथ्य छानबिनका लागि पुलिसले राम राईलाई पक्राउ गरेको छ ।
ratopati.com

No comments:
Write comments