top_rightads

Sunday, August 31, 2014

सम्हालेर गर्नुहोस् प्रेमिकासँग डेट, सबै रेकर्ड गरिरहेछ स्मार्टफोन

 


विकेन्डमा यदि प्रेमिकासँग लुकिछिपी कुनै रोमान्टिक डेटमा जाँदै हुनुहुन्छ भने सावधान । कतै तपाईंको स्मार्टफोन तपाईंको सबै गतिविधि रेकर्ड त गरिरहेको छैन ? वेभसाइट ‘एक्सप्रेस डट को डट युके’ का अनुसार जो व्यक्तिसँग एन्ड्रोइड स्मार्टफोन छ र जसले गुगल नाउ एप्लिकेसनको सदस्यता लिएका छन्, उनीहरुको सारा गतिविधिहरु उनको गुगल अकाउन्टमा देखिन सक्छ जुन एक महिनासम्म सुरक्षित हुने गर्दछ ।
गुगल नाउको म्यापिंग डिभाइस तपाईंको अवस्था, गतिविधिहरु, यात्राको एकदम सटिक जानकारी दिने गर्दछ । जतिबेला तपाईं आफ्नो गुगल अकाउन्ट खोल्नुहुन्छ, कुनै दिन, हप्ता अथवा महिनाको विकल्प छान्नुहुन्छ भने गुगल म्यापले रातो बिन्दुहरुसँगै तपाईंको पूरै विवरण देखाउने गर्दछ ।
गुगलको अनुसार यो सेवा अनिवार्य होइन र एप्लिकेसनमा गुगल नाउको ट्र्याकिङ सेवालाई बन्द गर्ने तरिकाको बारेमा पनि जानकारी दिइएको हुन्छ । एप्लिकेसन उपभोक्ताले आफूले चाहेजस्तो गरि जानकारीमा परिवर्तन गर्न र मेटाउन पनि सक्ने बताइएको छ ।
ratopati.com

No comments:
Write comments