top_rightads

Tuesday, October 28, 2014

चिनियाँ सेनाले बनाउन लागेको बाटो भारतीय सेनाले रोक्यो

 



चीनले भारतसँगको विवादित सीमाक्षेत्र अरुणाचलमा बनाउन लागेको सडक निर्माण भारतीय सेनाले रोकिदिएको दावी भारतीय सञ्चार माध्यमले गरेका छन् ।

यस अघि भारतीय सेनालाई चिनियाँ सेनाले रोक्दै आएको थियो तर यस पटक भारतीय सेनाले रोकेको सञ्चार माध्यमको दावी छ । चीनको पीपल्स लिबरेशन आर्मी (पीएलए) ले असफिला क्षेत्रमा सडक बनाउन शुरु गरेको थियो । तर भारतीय सेनाका जवानले बाटो बनाउन नदिएको बताइएको छ ।

चीन र भारतबीच विभिन्न विवादित सीमा क्षेत्रमा तनाव रहँदै आएको छ । पछिल्लो बाटोको विषयले समेत दुई देशबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ ।

 nepaliheadlines.com

No comments:
Write comments