top_rightads

Tuesday, October 28, 2014

आज २०७१ साल कार्तिक १२ गतेको दैनिक राशिफल तपाइको लागि ................

 




मेष (चू चे चो ला ली लु ले लो अ)
नयाँ कुराको प्राप्तिले मनमा अलौकिक आनन्दको अनुभूति हुनेछ । बौद्धिक व्यक्तित्वको सहयोग र भरोसा प्राप्त हुनेछ । पढाइ, लेखाइप्रति रुची जाग्ने छ । मान्यजनको वचनको कदर गरिने छ, जसबाट सोचेका कुरा पुरा हुनेछन् । फलदायी यात्रा समेत हुने देखिएको छ ।

 वृष (इ उ ए ‌ओ वा वी वु वे वो)
समय मिश्रित फलदायी रहला । धरै सपनाहरु सपनामै सीमित रहलान् । दिनको पूर्वार्धमा गरेका कामहरु बने पनि मध्यान्ह पश्चात केही अफ्ठ्याराहरुको सामना गरिने छ । पारिवारिक बेमेल हुनु, बनिसकेको काम बिग्रनु आदिले मानसिक पीडा थपिने छ ।

 मिथुन (का कि कु घ ङ छ के को हा)
ब्यापार नाफामा जाला । आर्थिक कारोवार विशेष फलदायी बन्ने छ । माया पिरतीका कुरा सार्थक बन्ने छन् । प्रियजनसंग भेटघाट हुनेछ । इच्छित कार्य शिद्ध होला । वैदेसिक काम सफल बन्ने छ तर स्वास्थ्य भने प्रतिकूल रहने देखिएको छ ।

 कर्कट (ही हु हे हो डा डि डु डे डो)
अपरिचितको विश्वासमा परे फसिने छ । गलत व्यक्तिको सल्लाहबाट कार्य बाधा हुनेछ । अप्रिय समाचार सुन्नु पर्ने होला । परिवारमा मनमोटाव, बेमेलहरु हुने छन्, अविश्वास नै त्यसको कारण बन्ने छ । शरीरमा आलश्यता र निर्णयमा कमजोरी हुने छन्

सिंह (मा मि मू मे मो टा टी टु टे)
आत्म सृजित समस्याबाट गुज्रनु पर्ला । मानसिक शान्तिको लागि खर्च होला । काममा भाग्यको साथ रहने छ । सरकारी कामकाजका कुरा मिल्ने छन् । परीक्षा प्रतियोगिताको नतिजा आफू अनुकूल भएर आउने छ । मन मिल्ने मित्रको सहयोग पाउनु हुनेछ ।

 कन्या (टो प पी पु ष ण ठ पे मो)
आफूमा आएका बैचारिक समस्याबाट अरुले फाइदा लिन सक्नेछन्, सावधान रहनु होला । विगतका कमिकमजोरीको घाटा बेहोरिएला । कार्य क्षेत्रमा भने नयाँ उर्जा मिल्ने छ । परिवारमा खुसियाली छाउने छ । सन्तान मार्गबाट लाभ हुनेछ ।
 तुला (र री रु रे रो ता ती तू ते)
अरुको भरमा पर्दा गम्भिर परिणाम आउन सक्ने छ । गुप्त शत्रु भय रहेको छ चनाखो हुनुहोला । नगरेको कामको अपजश आउन सक्नेछ । आयका क्षेत्रमा भने सुनौला अवसर हात पर्ने छन् । गाडी वाहन लाभ हुनेछ । काममा हौसला मिल्ने छ ।

 वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
सामाजिक काममा लागिने छ तर प्रतिफल सुन्य हात लाग्नेछ । झुठा मुद्धा तथा आरोपको सामना गर्नु पर्ला । सामाजिक न्यायका कुरामापछि परिने छ । धन सम्पत्तिको कारोवारमा विवाद झेल्नु पर्ने देखिएको छ । पंक्षिजन्य ब्यापार लाभकारी हुनेछ

धनु (य यो भा भी भू ध फा ढ भे)
सानातिना विवादमा परिएला । कमजोर सोचका कारण मित्रबीच विवाद होला । आत्मरतिमा रमिने छ, जसको कारण आलोचनाहरु खेप्नु पर्ने छ । तार्किक क्षमता उच्च रहे पनि विषय गलत हुँदापछि परिने छ । मानसिक विचलनले कार्य असफलता हुनेछ ।

मकर (जो जा जी खी खू खे खो गा गी)
यात्रा घातक हुनेछ । नयाँ क्षेत्रमा लगानी गरे फस्नेछ । बोलीको कारण विवादमा परिएला । आय भन्दा व्यय भार बढ्ने छ । तपाईको अहित चाहनेहरु सक्रिय हुनेछन् । टाढाका आफन्त, परिजनसँग दुःख बिसाउने मौका छ । आत्म विश्वास बढ्ने छ ।

कुम्भ (गू गे गो सा सी सु से सो द)
खेलकुद तथा मनोरञ्जनमा खुलेरै खर्च हुनेछ । न्यायिक कार्यमा तपार्इंको जीत अवश्यम्भावी रहेको छ । दिनभर जसो भागदौड भए पनि परिणाम भने न्युन रहला । यात्रा कष्टकर बन्ने देखिएको छ । उमेरमा सानो र कमजोर योग्यतावाला व्यक्तिबाट धोका हुने भय रहेको छ ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
रोजगारीका अवसर मिल्ने छन् । स्वास्थ्यमा सुधार होला । कलाकारितामा मन जाने छ । बैदेसिक कार्य सफल होला । गुमेको धन हात पर्नेछ । शत्रु उपर विजय हासिल गरिने छ । योगाभ्यास तिर सक्रियता बढ्ने छ । आर्थिक पाटो मजबुत हुनेछ ।

No comments:
Write comments