top_rightads

Tuesday, October 28, 2014

धामीको भर पर्दा ४ वर्षीय बालकको ज्यान गयो

 



अछामको नाडा ३ मा झाडापखाला लागेका एक बालकको मृत्यु भएको छ । झाडा पखालाले शिथिल भएका ४ वर्षका टेकबहादुर विकको उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटैमा मृत्यु भएको स्थानीय नरेश शाहीले बताएका छन् । झाडापखाला लागे पनि धामी झाँक्रीको भर परेर फुकफाक गर्दा उनको मृत्यु भएको शाहीको भनाई छ ।

अहिले उक्त क्षेत्रमा रहेको दलित बस्तीमा झाडापखालाको प्रकोप नै फैलिएको छ । गाउँमा चारजना भन्दा धेरै बिरामी छन् । प्रकोपलाई फैलन नदिन जिल्ला अस्पतालले २ जना स्वास्थ्यकर्मीको टोली खटाएको भए पनि झाडा पखाला नियन्त्रणमा आउन सकेको छैन ।



aajakokhabar.com

No comments:
Write comments